राजनीति


१२२ दलको दर्ता यथावत, ७ नयाँ थप, ७ खारेज

१२२ दलको दर्ता यथावत, ७ नयाँ थप, ७ खारेज

नेपालखबर
कात्तिक ३०, २०८२ आइतबार १५:२५, काठमाडौँ

आगामी प्रतिनिधि सभा निर्वाचन नजिकिँदै गर्दा निर्वाचन आयोगमा दर्ता राजनीतिक दलको संख्या फेरि १२२ मै कायम रहेको छ। आयोगले आइतबार पत्रकार सम्मेलन गरी दर्ता, खारेजी तथा नयाँ दलको अवस्थाबारे जानकारी दिएको हो।

आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार प्रतिनिधि सभा विघटन भई नयाँ निर्वाचन मिति घोषणा भएको दिनसमेत १२२ दल दर्ता थिए, र अहिले पनि सोही संख्या कायम छ। यस अवधिमा ७ राजनीतिक दल खारेज भएका छन् भने ७ नयाँ दलले दर्ता प्रमाणपत्र पाएका छन्।

खारेज भएकामध्ये एउटा दल सर्वोच्च अदालतको आदेशअनुसार र बाँकी ६ दल नेतृत्वकै अनुरोधमा खारेज गरिएको भट्टराईले जानकारी दिए।

२८ दल दर्ता प्रक्रियामा
प्रवक्ता भट्टराईका अनुसार अहिले २८ राजनीतिक दल दर्ता प्रक्रियामा रहेका छन्। आयोगमा कागजात बुझाए पनि प्रमाणपत्र प्रदान नभएकाले ती दलहरू प्रक्रियामै रहेको बताइयो।

उनले भने, ‘दल दर्ता प्रक्रिया नियमित चलिरहेको छ। आवश्यक कागजातहरूको सनाखत केन्द्रीय स्तरमा आयोगको सचिवालय र स्थानीय स्तरमा सम्बन्धित जिल्ला निर्वाचन कार्यालयमार्फत गराइँदैछ। प्रक्रिया पूरा भएपछि कानूनअनुसार निर्णय हुने छ।’

२१ फागुनमा हुने प्रतिनिधि सभा निर्वाचनका लागि नयाँ दल दर्ता गर्ने आज अन्तिम दिन भए पनि समग्र दल दर्ता प्रक्रिया भने नियमित रूपमा जारी रहने आयोगले स्पष्ट पारेको छ।

दर्ता प्रमाणपत्र प्राप्त गरेका दलहरूले प्रतिनिधि सभा तथा राष्ट्रिय सभा दुवै निर्वाचनमा सहभागी हुन पाउने आयोगको भनाइ छ।

मतदाता नामावली संकलन जारी
आयोगले दल दर्तासँगै मतदाता नामावली संकलनको काम पनि तीव्र रूपमा चलिरहेको जनाएको छ। मतदाता नाम दर्ता आगामी ५ मंसिरसम्म जारी रहनेछ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad