खेल


एनपीएल विजेताको पुरस्कार राशि नबढ्ने, खेलाडीलाई दिने रकम पछि घोषणा गरिने

एनपीएल विजेताको पुरस्कार राशि नबढ्ने, खेलाडीलाई दिने रकम पछि घोषणा गरिने

एनपीएलबारे शनिबार क्यानले गरेको पत्रकार सम्मेलन। तस्बिर : सरोज नेपाल


नेपालखबर
कात्तिक २९, २०८२ शनिबार १३:११, काठमाडौँ

नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो संस्करणमा पनि विजेताको पुरस्कार राशि पहिलाको जति नै कायम गरिने भएको छ। 

नेपाल क्रिकेट स‌ंघ (क्यान) ले शनिबार गरेको पत्रकार सम्मेलनमा सचिव पारस खड्काले एनपीएल पुरस्कार राशि नबढ्ने जानकारी दिएका हुन्। 

पत्रकार सम्मेलनमा क्यान सचिव पारस खड्का। तस्बिर : सरोज नेपाल

गत वर्ष एनपीएलको पहिलो संस्करणमा विजेता टोलीलाई १ करोड १० लाख र उपविजेतालाई ५१ लाख रुपैयाँ पुरस्कार दिइएको थियो।

यस्तै तेस्रो हुने टोलीले २५ लाख र चौथोले १५ लाख पुरस्कार पाएका थिए। 

खेलाडीलाई व्यक्तिगत रूपमा दिने पुरस्कार राशि भने पछि जानकारी गराइने क्यान सचिव खड्काले बताए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad