राजनीति


सिंगापुरबाट आज राति फर्किँदै देउवा दम्पती

सिंगापुरबाट आज राति फर्किँदै देउवा दम्पती

सिंगापुर जाँदै गर्दा विमानस्थलमा देउवा। फाइल तस्बिर


नेपालखबर
कात्तिक २८, २०८२ शुक्रबार १४:४, काठमाडौँ

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र केन्द्रीय सदस्य आरजु राणा देउवा आज स्वदेश फर्किने भएका छन्। पार्टी प्रवक्ता डा प्रकाशशरण महतले देउवा दम्पती आज साँझ स्वदेश फर्किने जानकारी दिए।  

'आज साँझ उहाँहरू फर्किँदै हुनुहुन्छ,' महतले नेपालखबरसँग भने।

विमानस्थल स्रोतका अनुसार देउवा दम्पती बेलुका ९:३० बजे काठमाडौँ आइपुग्नेछन् तालिका छ। 

उनीहरू सिंगापुर विमानमार्फत कात्तिक १० गते सिंगापुर गएका थिए। गत भदौ २४ गतेको जेनजी आन्दोलनको क्रममा देउवा दम्पती आफ्नै निवास बूढानीलकण्ठमा आन्दोलनकारीको आक्रमणमा परेका थिए।

आक्रमणबाट गम्भीर घाइते भएका देउवाको टाउकाको पछाडि भागमा चोट लागेको थियो। त्यहाँ १२ वटा टाँका लगाएको कांग्रेस नेताहरूले बताएका थिए।  

पार्टीमा उपसभापति पूर्णबहादुर खड्कालाई कार्यवाहक दिएर देउवा उपचारका लागि सिंगापुर उँडेका थिए। सिंगापुर जाँदा उनीहरूले भीआईपी कक्ष पनि प्रयोग गरेका थिएनन्। 

वर्तमान अन्तरिम सरकारले देउवासहितको पासपोर्ट रोक्का गर्ने र काठमाडौँ बाहिर जाँदा अनुमति लिनुपर्ने निर्णय गरेका थियो। तर देउवा उपचारको लागि विदेश जाने भन्ने जानकारी पाएपछि उनका लागि उक्त व्यवस्था फुकुवा गरिएको थियो। 

यता असोज २८ गतेदेखि सुरु भएको पार्टीको केन्द्रीय समिति बैठक एक महिनासम्म जारी छ। कार्यवाहक सभापति पूर्णबहादुर खड्काबाहेक अन्य सबैले आफ्नो धारणा राखिसके पनि निर्णयका लागि भने संस्थापन समूहले देउवालाई कुरिरहेका छन्।  

पार्टीभित्र विशेष महाधिवेशन वा नियमित महाधिवेशन के गर्ने भन्ने विषयमा सहमति हुन सकेको छैन। महामन्त्री गगन थापाले नियमित महाधिवेशनको लागि अब सम्भव नभएको भन्दै मंसिर २७ गतेका लागि विशेष महाधिवेशनको मिति प्रस्ताव गरेका छन्।  

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad