राजनीति


जसपा नेपालमा थपिए पाँच केन्द्रीय सदस्य

जसपा नेपालमा थपिए पाँच केन्द्रीय सदस्य

नेपालखबर
कात्तिक २८, २०८२ शुक्रबार ८:४७, काठमाडौँ

जनता समाजवादी पार्टी (जसपा) नेपालले केन्द्रीय समितिमा पाँच सदस्य थप गरेको छ।

केन्द्रीय समितिको बैठकले विभिन्न पार्टी परित्याग गरी जसपा नेपालमा प्रवेश गरेका र पार्टीभित्रै कार्यरत रहेका नेतालाई केन्द्रीय समितिमा ल्याएको प्रचार प्रसार तथा प्रकाशन विभाग प्रमुख पूर्ण बस्नेतले बताए। 

बस्नेतका अनुसार, जसपा नेपालले सप्तरीका सत्यनारायण यादव, बाँकेका पदम अर्याल र रेखा गुप्ता, रुपन्देहीका विद्या यादव र धनुषाका विमल साहलाई केन्द्रीय समिति सदस्यमा मनोनयन गरेको हो। 

त्यस्तै, जसपा नेपालले केन्द्रीय सल्लाहकार समितिको अध्यक्षमा प्राडा रामस्वारथ यादवलाई मनोनयन गरेको छ। यसैगरी, सल्लाहकार समितिको सदस्यमा खडकनारायण चौधरी, विष्णु कुमाल, अजयकुमार श्रीवास्तव, शशी यादव, जीतेन्द्र प्रकाश महतो र मनोज साहलाई मनोनित गरेको छ। 

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad