कर्णाली याक्सबाट नेपाल प्रिमियर लिग (एनपीएल) खेल्न भारतका खेलाडी प्रियाङ्क किरित पन्चाल नेपाल आइपुगेका छन्।
उनी एयर इन्डियाको जहाजबाट बिहीबार राति काठमाडौँ आइपुगेका हुन्।
ओपनिङ ब्याटर प्रियाङ्कले पछिल्लोपटक भारतीय टिमबाट हङकङ सुपर सिक्सेस खेलेका थिए।
३५ वर्षीय उनी गुजरातबाट रणजी ट्रफी खेल्ने गर्छन्। उनले १२७ खेलमा ८ हजार ८ सय ५६६ रन बनाएका छन्। जसमा २९ शतक र ३४ अर्धशतक छन्।
यस्तै उनले लिस्ट एमा ९७ खेल खेल्दा ८ शतकसहित ३ हजार ६ सय ७२ रन बनाएका छन्।
टी-२० तर्फ उनले ५९ खेलमा ९ अर्धशतकसहित १ हजार ५ सय २२ रन बनाएका छन्।
यसअघि कर्णाली याक्सले हस्पिटालिटी पार्टनरमा काठमाडौँको होटल याक एन्ड यति, सहप्रायोजकमा एसियन पेन्ट्स, नेबिको तथा प्लम्बर पाइप्ससँग सम्झौता गरिसकेको छ।
यसअघि २०८१ मंसिर १५ गतेदेखि पुस ६ गतेसम्म भएको एनपीएलको पहिलो संस्करणमा कर्णाली याक्सले दोस्रो क्वालिफायरसम्मको यात्रा तय गरेको थियो।
अहिले दोस्रो संस्करणमा पनि कर्णालीले ज्ञानेन्द्र मल्ललाई नै प्रशिक्षकमा निरन्तरता दिएको छ।
टोलीको कन्सल्ट्यान्ट प्रशिक्षकमा राजु बस्नेत छन्।
कर्णाली याक्सले मार्की सोमपाल कामीसँगै गुल्सन झा, नन्दन यादव, विपिनप्रसाद शर्मा, दीपेन्द्र रावत, अर्जुन घर्ती र युनिससिंह ठकुरीलाई रिटेन गरेको छ।
अक्सनबाट पवन सर्राफ, युवराज खत्री, इमरान शेख र दीपक डुम्रेलाई अनुबन्ध गरेको छ।
Shares

प्रतिक्रिया