राजनीति


कांग्रेसको नियमित महाधिवेशन नै साझा मिलन बिन्दु हो: सहमहामन्त्री आङ्देम्बे

कांग्रेसको नियमित महाधिवेशन नै साझा मिलन बिन्दु हो: सहमहामन्त्री आङ्देम्बे

नेपालखबर
कात्तिक २७, २०८२ बिहिबार १५:२४, काठमाडौँ

नेपाली कांग्रेसका सहमहामन्त्री भीष्मराज आङ्देम्बेले पार्टीको नियमित महाधिवेशन गरेर सबै विवादहरूको समाधान खोज्नुपर्ने बताएका छन्। बिहीबार केन्द्रीय समितिमा आफ्नो धारणा राख्दै उनले नियमित महाधिवेशन नै सबैको साझा मिलनबिन्दु हुनुपर्ने बताएका हुन्। 

उनले निर्वाचन हुने अवस्थामा निर्वाचनको र निर्वाचन नभए आन्दोलनको तयारी गर्नुपर्ने पनि बाए।   

‘नियमित महाधिवेशनबाटै हामी जानु पर्छ। नियमित महाधिवेशन नै हो। नियमित महाविधेशन नै सबैको एउटा मिलन बिन्दु हुनुर्पछ,’ उनले भने, 'निर्वाचन भयो भने निर्वाचनको तयारी हामीले गर्नुपर्छ । निर्वाचन हुँदैन, आन्दोलनका निम्ति हामी तयार हुनुपर्छ। समयले चाहन्छ होला कि चाहँदैन होला, मलाई थाहा छैन। तर, भोलि हामी आन्दोलनमा जाँदै गर्दा चाहेर पनि नचाहेर पनि मुद्दा संसद् पुनर्स्थानाकै हुन्छ।’

सहमहामन्त्री आङ्देम्बेले हरेक कुराको टुंगो केन्द्रीय कार्यसमिति बैठकबाट हुनुपर्नेमा जोड दिँदै विशेष महाधिवेशनको पनि टुंगो पनि केन्द्रीय कार्यसमितिले नै लगाउनुपर्ने बताए।

‘म त के चाहन्छु भने केन्द्रीय समितिबाट हरेक कुराको टुंगो लागोस्,' उनले भने, 'विशेष अधिवेशन पनि केन्द्रीय समितिबाट टुंगो लागेर जाओस्। विधानमा टेकेर, वैधानिकतामाथि उभिएर। भेरिफिकेसनसम्म पुग्ने अवस्था नआओस्।’ 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad