राजनीति


राष्ट्रिय परिचय पत्र हुने मतदाताले बायोमेट्रिक गर्न नपर्ने

राष्ट्रिय परिचय पत्र हुने मतदाताले बायोमेट्रिक गर्न नपर्ने

नेपालखबर
कात्तिक २७, २०८२ बिहिबार १३:१५, काठमाडौँ

राष्ट्रिय परिचय पत्र भएका व्यक्तिले मतदाता नामावलीमा नाम दर्ता गराउन बायोमेट्रिक गर्न नपर्ने भएको छ।

निर्वाचन आयोगले मतदाता नामावली संकलनका लागि सहज बनाउन राष्ट्रिय परिचयपत्रबाटै बायोमेट्रिक लिने निर्णय गरेको कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले बताए। जेनजी प्रतिनिधिसँगको छलफलका क्रममा भण्डारीले मतदाता नामावली संकलनलाई थप सहज बनाउन आयोगले यस्तो निर्णय गरेको जानकारी दिए। 

अहिले धेरै नागरिकले राष्ट्रिय परिचयपत्र बनाइसकेकाले मतदाता नामावली संकलन गर्न थप सहज हुने बताए। राष्ट्रिय परिचयपत्र बनाइसकेका नागरिकले अनलाइनबाट मतदाता नामावलीमा नाम दर्ता गर्न सक्नेछन्। 

भण्डारीले भने, ‘अहिले हाम्रो नेशनल आइडीको भण्डारमा जम्मा भएको बायोमेट्रिक तपाईंहरूले अनलाइनमा भर्नुभएको निवेदनमा ल्याएर जोड्ने र छानबिन गरेर नामावली प्रकाशन गर्ने भन्ने निर्णय गरेका छौं।’

अध्ययन वा कामका लागि विदेशमा रहेका नेपाली नागरिकले पनि अनलाइन फारम भर्न सक्नेछन्। अध्ययन वा कामका लागि विदेशमा रहेका नेपाली नागरिकले पनि अनलाइनमार्फत मतदाता नामावलीमा नाम दर्ता गराउन सक्ने उनले जानकारी दिए। ‘अनलाइनमा फारम भर्नुभयो भने नेशनल आइडी कार्डमा भएको बायोमेट्रिक ल्याएर दाँज्छौं,’ उनले भने। 

एक महिनासम्म मतदाता नामावलीमा नाम दर्ता गर्न कसैले चासो नदेखाएको भए पनि पछिल्लो समय धेरै चाप रहेको भण्डारीले बताए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad