अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले उत्तर कोरियाका सर्वाेच्च नेता किम जोङ उन सकुशल रहेको दाबी गरेका छन्।
किमको अवस्थाबारे अनेक अड्कलबाजी भइरहेका बेला ट्रम्पले कोरोना भाइरससम्बन्धी ह्वाइट हाउसमा आयोजित पत्रकार सम्मेलनमा उनी स्वस्थ रहेको दाबी गरेका हुन्।
किमले के गरिरहेका छन् भन्ने आफूलाई थाहा भएको ट्रम्पले दाबी गरेकाे बीबीसीले लेखेकाे छ।
सञ्चारकर्मीसँग कुरा गर्दै उनले किमबारे विस्तृत विवरण दिन त नसक्ने तर किम सकुशल छन् भन्नेमा आफू विश्वस्त रहेकाे दाबी गरेका हुन्।
दुई साताअघि उत्तर कोरियाली संस्थापक नेताको जन्मजयन्तीमा समेत सहभागी नभएपछि किमबारे अनेक अड्कलबाजी भइरहेका छन्। यसबीच उनकाे मृत्युको समेत हल्ला चलेको छ।
तर वास्तविक कुरा उत्तर काेरियाले अझै सार्वजनिक गरेकाे छैन।
3
Shares

प्रतिक्रिया