अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले फेरि चीनलाई कोरोना भाइरस फैलाएको आरोप लगाएका छन्। साथै उनले यसबारे आफ्नो प्रशासनले गम्भीर अनुसन्धान गरिरहेको पनि बताएका छन्। ।
बीबीसीका अनुसार गत शुक्रबारपछि पहिलोपटक कोरोना भाइरससम्बन्धी पत्रकार सम्मेलन गर्दै ट्रम्पले चीनविरुद्ध आक्रोश पोखेका हुन्।
ह्वाइट हाउसमा आयोजित पत्रकार सम्मेलनमा उनले चीनतर्फ लक्षित गर्दै कोरोनाभाइरस महामारी फैलिनुमा एउटा देशबाहेक अरू कसैलाई जिम्मेवार ठहर्याउन नसकिने दाबी गरे।
उनले भने, ‘पहिले सूचना पाएको भए, कोरोनाभाइरसलाई मूलमै रोक्न सकिन्थ्यो। चाँडै रोक्न सकिन्थ्यो। र, यो विश्वभरि फैलिएको हुँदैनथ्यो।’
कोरोना भाइरसका कारण अमेरिकामा ५५ हजार जनाभन्दा बढीकाे मृत्यु भइसकेकाे छ।

प्रतिक्रिया