राजनीति


राष्ट्र बचाउनका लागि गरिएको एकता हो, चुनाव जित्नका लागि होइन : प्रचण्ड

राष्ट्र बचाउनका लागि गरिएको एकता हो, चुनाव जित्नका लागि होइन : प्रचण्ड

नेपालखबर
कात्तिक २६, २०८२ बुधबार १७:४२, काठमाडौँ

नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले हालको वाम एकता चुनावी स्वार्थका लागि नभई राष्ट्र बचाउने ऐतिहासिक आवश्यकता स्वरूप गरिएको स्पष्ट पारेका छन्।

बुधबार भीम रावल लगायतका नेताहरुलाई पार्टीमा भित्र्याउन आयोजना गरिएको कार्यक्रमलाई सम्बोधन गर्दै यस्तो बताएका हुन्। ‘आज नेपाल असाधारण संकटमा छ,’ प्रचण्डले भने, ‘नेपालको राष्ट्रिय स्वाधिनता, जनताको आत्मसम्मान र भौगोलिक अखण्डता इतिहासकै ठूलो चुनौतीमा परेका छन्। त्यसैले यो कुनै ट्याक्टिकल एकता होइन, न त चुनाव जित्नकै लागि गरिएको एकता हो।’

प्रचण्डका अनुसार सुगौली सन्धिपछि नेपाल यति गम्भीर संकटमा कहिल्यै नपरेको अवस्थामा वाम शक्तिहरूबीचको एकता अपरिहार्य बनेको हो। उनले राष्ट्रको सार्वभौमिकता र जनताको आत्मनिर्णयको अधिकार जोगाउन कम्युनिस्ट एकता अत्यावश्यक भएको बताए।

उनले जनजी आन्दोलनले समेत यो एकता सम्भव बनाउन प्रेरणा दिएको बताए। ‘जेनजी आन्दोलनका युवाहरूले भ्रष्टाचार, असमानता र सरकारको ज्यादतिविरुद्ध आवाज उठाउँदै हामीलाई पनि आत्मसमीक्षा गर्ने अवसर दिए। उनीहरूको त्यही दबाबले हामीलाई एकताप्रति गम्भीर बनायो,’ प्रचण्डले भने।

उनका अनुसार यो एकता केवल राजनीतिक कदम नभई देश, जनता र भविष्यको रक्षा गर्न गरिएको ऐतिहासिक संकल्प हो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad