राजनीति


नेपाली कम्युनिस्ट पार्टीमा भीम रावललाई नारायणकाजीपछिको वरीयता

नेपाली कम्युनिस्ट पार्टीमा भीम रावललाई नारायणकाजीपछिको वरीयता

फाइल तस्बिर


नेपालखबर
कात्तिक २५, २०८२ मंगलबार १८:३२, काठमाडौँ

नेपाली कम्युनिस्ट पार्टीमा समाहित हुन लागेका भीम रावलले पार्टीमा नारायणकाजी श्रेष्ठपछिको वरीयता पाउने भएका छन्। उनको 'मातृ भूमी जागरण' अभियान बुधबार एक कार्यक्रमकाबीच नेपाली कम्युनिस्ट पार्टीमा समाहित हुँदै छ। रावलसँगै पूर्व सांसद प्रकाशबहादुर शाह पनि समाहित हुँदै छन्।

रावललाई श्रेष्ठपछिको वरीयता दिने तयारी रहेको नेपाली कम्युनिस्ट पार्टीका एक नेताले नेपालखबरलाई जानकारी दिए। माओवादी केन्द्र, एकीकृत समाजवादी लगायतका दलहरूबीचको एकतापछि बनेको नेपाली कम्युनिष्ट पार्टीको परिलो वरीयतामा संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ रहेका छन्। 

दोस्रो वरीयतामा सहसंयोजक माधव नेपाल रहेका छन्। तेस्रो वरीयतामा झलनाथ खनाल हुँदो चौथो वरीयतामा वामदेव गौतम रहने छन्। त्यस्तै पाँचौ वरीयतामा नारायणकाजी श्रेष्ठ रहने छन्। 

त्यसपछि मात्रै रावलको वरियता आउने छ। सम्भवतः उनको छैटौँ वरीयता हुने ती नेताले बताए। नेकपा एमाले र माओवादी केन्द्रबीच एकता भइ बनेको तत्कालीन नेकपाको ९ जना सचिवालय सदस्यमध्य अहिले ५ जना नेपाली कम्युनिस्ट पार्टीमै छन्। 

जसमा प्रचण्ड, नेपाल, खनाल, गौतम र श्रेष्ठ रहेका छन्। रावल भने सचिवालय सदस्य थिएनन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad