राजनीति


जेनजीले राजनीतिक सुझबुझका साथ अघि बढ्नुपर्छ : भावना राउत

जेनजीले राजनीतिक सुझबुझका साथ अघि बढ्नुपर्छ : भावना राउत

नेपालखबर
कात्तिक २५, २०८२ मंगलबार १६:२३, काठमाडौँ

जेनजी अभियन्ता भावना राउतले देशको वर्तमान गतिरोध समाधान गर्न निर्वाचन नै प्रमुख उपाय भएको बताएकी छिन्।

नेपाल कानुन समाजले मंगलबार काठमाडौँमा आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले संविधानको रक्षा गर्दै संघीय, धर्मनिरपेक्ष र लोकतान्त्रिक मूल्यका साथ देशलाई अघि बढाउनुपर्ने धारणा राखिन्।

अभियन्ता राउतले भनिन्, ‘मुलुकलाई डेडलकबाट निकाल्न सक्ने एकमात्र उपाय निर्वाचन हो। यो संविधान संविधानसभाबाट पारित भएको जनसंविधान हो- यसलाई सहजै छुन मिल्दैन। म संघीयता, धर्मनिरपेक्षता र लोकतन्त्र मान्छु।’

उनले जेनजी पुस्ताले पनि अब राजनीतिक सुझबुझका साथ राष्ट्रिय निकासका एजेन्डामा सहभागिता जनाउनुपर्ने बताइन्। राउतका अनुसार संविधान सुधार अस्वीकार्य होइन, तर त्यसका लागि जननिर्वाचित संसद आउनु आवश्यक छ।

उनले भने, ‘विगत १० वर्षमा भएका कमजोरी सुधार गर्न नयाँ संसदको पहिलो काम संविधान संशोधनको एजेन्डा बनाउनु हुनुपर्छ।’

अभियन्ता राउतले आगामी निर्वाचनपछि बन्ने प्रतिनिधि सभाले संविधान संशोधन र लोकतान्त्रिक सुदृढीकरणका विषयलाई प्राथमिकतामा राखेर अघि बढ्नुपर्नेमा जोड दिइन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad