नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रकाश रसाइली 'स्नेही'ले पार्टीको क्रियाशील सदस्यता नवीकरणको काम ७२ प्रतिशत सम्पन्न भइसकेको बताएका छन्। पार्टी केन्द्रीय समितिको जारी बैठकलाई सम्बोधन गर्दै उनले यसबारे जानकारी गराएका हुन्।
महामन्त्री गगनकुमार थापा संयोजक रहेको क्रियाशील सदसयता व्यवस्थापन समितिका सदस्य रहेका उनले भने, 'आजका दिनसम्म कांग्रेसको क्रियाशील सदस्यता नवीकरण ७२ प्रतिशत पुगेको छ। ६ लाख क्रियाशील सदस्यता नवीकरण भएको छ। पार्टीभित्रको कुरा गहिरिएर गएर बुझौँ, २३८ वडामा मात्रै विवाद छ।’
नेताहरूका जिल्लामा क्रियाशील सदस्यता नवीकरण नभएको पनि उनले बताए। उनले क्रियाशीलको विषयमा महामन्त्रीमाथि प्रश्न उठाउनेलाई नै प्रश्न गरे।
'कसले गएर क्रियाशील सदस्यता नवीकरण गरिदिने हो? महामन्त्री गगन थापा जाने हो कि अरू सदस्यहरू जाने हो कि, तपाईंहरूको जिल्लामा तपाईंहरूकै सभापति हुनुहुन्छ,' उनले भने, 'आफ्नो आफ्नो जिल्लामा क्रियाशील नवीकरणका लागि पहल गर्नुपर्दैन? केन्द्रीय कार्यालयबाट ३६ पटक ताकेता गरेको छ, महामन्त्रीले काम गरेन भन्ने?’
Shares

प्रतिक्रिया