भारतका प्रधानमन्त्री नरेन्द्र मोदी मंगलबार भुटान पुगेका छन्।
भारतीय सञ्चारमाध्यमका अनुसार भुटानका चौथो राजा जिग्मे सिंग्ये वाङचुकको ७०औँ जन्मदिन समारोहमा भाग लिन मोदी त्यहाँ पुगेका हुन्।
भुटान भ्रमणका क्रममा प्रधानमन्त्री मोदीले भुटानका राजा जिग्मे खेसर नामग्याल वाङचुक, उनका पिता र पूर्ववर्ती चौथो राजा र प्रधानमन्त्री छिरिङ तोब्गेसँग भेट गर्नेछन्।
मोदीलाई भुटानका प्रधानमन्त्री छिरिङ तोब्गेले विमानस्थलमा स्वागत गरेका छन्।
प्रधानमन्त्री मोदीले एक्समा पोस्ट गरेका छन्, ‘म भुटान पुगेको छु। स्वागतका लागि म प्रधानमन्त्री तोब्गेप्रति आभारी छु। यो भ्रमणले दुई देशबीचको मित्रता र सहयोगको गहिरो बन्धनलाई प्रतिबिम्बित गर्छ।’
मोदीले भुटान भ्रमणले दुई देशबीचको घनिष्ठ सम्बन्धलाई अझ बलियो बनाउने विश्वास व्यक्त गरेका छन्।
Shares

प्रतिक्रिया