राजनीति


कांग्रेसलाई पूर्वराष्ट्रपति यादवको आग्रहः तत्काल निर्वाचनमा जाने निर्णय गरियोस्

कांग्रेसलाई पूर्वराष्ट्रपति यादवको आग्रहः तत्काल निर्वाचनमा जाने निर्णय गरियोस्

नेपालखबर
कात्तिक २४, २०८२ सोमबार १९:४०, काठमाडौँ

पूर्वराष्ट्रपति डा. रामवरण यादवले मुलुकमा निर्वाचनको वातावरण बनाउन राजनीतिक दलहरुलाई आग्रह गरेका छन्।

सोमबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले राजनीतिक दलहरूले अलमल नगरी निर्वाचनको माहौल बनाउने काममा लाग्नुपर्ने बताएका हुन्। पूर्वराष्ट्रपति यादवले निर्वाचनमा जाने औपचारिक निर्णय गर्न ढिलाई नगर्न पनि कांग्रेसलाई सचेत गराए। 

कांग्रेसले अलमल नगरी तत्काल निर्वाचनमा जाने निर्णय लिए मुलुकमा निर्वाचनको माहौल सिर्जना हुने उनको बुझाई थियो।

पूर्वराष्ट्रपति यादवले मुलुक जेन—जी पुस्ताले पनि यही संविधान मानेर अघि बढ्छु भनेकाले निर्वाचनमा जानका लागि कुनै समस्या नभएको जिकिर समेत गरे।

उनले भने,‘पोलिटिकल पार्टीहरूले अब निर्वाचनलाई सम्पन्न गर्न सहयोग गर्नुपर्छ। चुनावको माहौला पोलिटिकल पार्टीहरुले अलमल नगरी चुननवको माहौल बनाएर जानुपर्छ। यो कांग्रेस लिडिङ पार्टी हो। अहिले कांग्रेस के डिसाइड गर्छ? कांग्रेसले जुन दिन डिसाईड गरेर अघि बढ्छ, त्यो दिन मुलुक चुनावमा जान्छ। त्यो दिन देशभर चुनावमय हुन्छ। र चुनाव सफल हुन्छ त्यसका लागि तपाईंहरूले चाँडै डिसाइड गर्नुस्। अब अलमलमा नबस्नुस्। अरु पार्टीहरू जेनजी भाइबहिनीहरूलाई जसले यही संविधानलाई टेकेर अघि बढनुपर्छ भनेका छन्। आफूमा छलफल गर्नुस्।’

पूर्वराष्ट्रपति यादवले आफूले प्रधानमन्त्री सुशीला कार्कीलाई पनि निर्वाचनको वातावरण बनाउन ध्यानाकर्षण गराएको बताए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad