राजनीति


लकडाउनमा पनि विकासे कामलाई निरन्तरता दिन छलफल

लकडाउनमा पनि विकासे कामलाई निरन्तरता दिन छलफल

शैलेन्द्र महतो
बैशाख १५, २०७७ सोमबार ११:३९,

प्रदेश २ सरकारले लकडाउनको अवधिमा विकासे कामलाई गति दिने भएको छ। लकडाउनमा पनि विकास निर्माणको कार्यलाई निरन्तरता दिने विषयमा भौतिक पूर्वाधार विकास मन्त्रालयले सरोकारबालाहरुसँग छलफल गरेको हो।

प्रदेश २ का भौतिक पूर्वाधार विकासमन्त्री जितेन्द्र सोनलले लकडाउनको समयमा पनि पूर्वाधार निर्माणको कामलाई तिव्रता दिइने विषयमा छलफल भएको बताए।

‘कोरोनाबाट जोगिँदै विकास निर्माणको कामलाई निरन्तरता दिने तयारी थालिएको छ’ मन्त्री सोनलले भने ‘ सडक विस्तारतर्फ प्रदेश २ को एक जिल्लालाई अर्को जिल्लासँग जोड्ने, एक स्थानीय तहलाई अर्को स्थानीय तहसँग जोड्ने, कालोपत्रे सडकलगायतको विषयमा छलफल भएको छ।’

छलफलमा भौतिक पूर्वाधार विकास राज्यमन्त्री डिम्पल झा, मन्त्रालयका सचिव राजेन्द्र खनाल र महाशाखा प्रमुखहरु लगायतको सहभागिता रहेको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .