सत्तारुढ नेकपाका विद्यार्थी नेताहरुद्वारा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई लगायत नेताहरुविरद्ध साइबर अपराध मुद्दा दर्ता गर्न खोजेकोमा प्रहरीले अस्वीकार गरेको छ।
नेकपाको विद्यार्थी संगठन अनेरास्ववियूका संयोजक ऐन महर र सहसंयोजक रन्जित तामाङ लगायत युवाहरुको एक टोली पूर्वप्रधामन्त्री तथा डा.भट्टराई, पूर्वमन्त्री हिसिला यमी र उनकै पार्टीका विश्वदीप पाण्डे र आङकाजी शेर्पाविरुद्ध साइबर अपराधको उजुरी गर्न सोमबार काठमाडौ प्रहरी परिसर टेकू पुगेका थिए।
नवगठित जनता समाजवादी पार्टीका नेता भट्टराईलगायत विरुद्ध अनेरास्ववियूका नेताहरुले सामाजिक सञ्जालमा आपत्तिजनक कुराहरु लेखेको भनी उजुरी दिन खोजेका थिए।
‘प्रहरीले यो गालि बेइज्जतिको विषय भएको हुँदा तपाईंहरु अदालत जानुस् भनेर फर्काइएको छ,’ प्रहरी स्रोतले नेपालखबरलाई बतायो।
आइतबार भट्टराई, उनकै पार्टीका उपेन्द्र यादव, राजेन्द्र महतो लगायतका नेताहरुले पूर्व प्रहरी प्रमुख सर्वेन्द्र खनाल, नेकपाका सांसदद्वय महेश बस्नेत र किसन श्रेष्ठले समाजवादी पार्टीका सांसद डा. सुरेन्द्र यादवको अपहरण गरेको आरोपमा नेकपा काठमाडौं प्रहरी परिसरमैं उजुरी दिन पुगेका थिए।
प्रहरीले उनीहरुको उजुरी नलिई फर्काएको थियो।
सांसद अपहरण आरोप र त्यसबिरुद्ध प्रहरीले उजुरी नलिएपछि सत्तारुढ नेकपा र नवगठित जनता समाजवादी पार्टीका नेताहरुबीच आपसमा आरोप प्रत्यारोप भइरहेका बेला पूर्वप्रधानमन्त्री भटराई सहितका नेताविरुद्ध साइबर अपराधको उजुरी दिने प्रयास गरिएको हो।
याे पनि:
सांसद अपहरण आरोप स् पूर्वआईजीपी : सांसदद्वयविरुद्ध प्रहरीले लिएन जाहेरी
Shares

प्रतिक्रिया