मधेस प्रदेशमा नयाँ सरकार गठन प्रक्रिया अघि बढाउन सात दलले माग गरेका छन्।
प्रदेश प्रमुखसमक्ष नेपाली कांग्रेससहित सात दलले नयाँ सरकार गठनका लागि आह्वान गर्न माग गर्दै पत्र बुझाएका हुन्।
यही कात्तिक २२ गते मुख्यमन्त्री जितेन्द्र सोनलले प्रदेश सभाबाट विश्वासको मत नपाएपछि उनले हिजै राजीनामा दिएका थिए।
सो अवस्थामा धारा १६८ (२) अनुसार नयाँ सरकार गठनको प्रकृया अगाडी बढाउन आह्वानका लागि माग गरिएको छ।
पत्रमा कांग्रेस संसदीय दलका नेता कृष्ण प्रसाद यादव, नेकपा माओवादी केन्द्रसंसदीय दलका नेता भरतकुमार साह, जनमत पार्टीका महेशकुमार यादव, जसपा नेपालका सरोज कुमार यादव, लोसपा नेपालका जैनुल राईन, नेकपा (एकीकृत समाजवादी) का गोविन्द बहादुर न्यौपाने र नागरिक उन्मुक्ति पार्टीका उर्मिलादेवी सिंहले हस्ताक्षर गरेको पत्र प्रदेश प्रमुखलाई बुझाइएको हो।

Shares

प्रतिक्रिया