राजनीति


केही निर्णय लिँदैछु, यसलाई सामान्य रूपमा लिनुहोला : झाँक्री

केही निर्णय लिँदैछु, यसलाई सामान्य रूपमा लिनुहोला : झाँक्री

नेपालखबर
कात्तिक २३, २०८२ आइतबार १७:३२, काठमाडौँ

पूर्वमन्त्री रामकुमारी झाँक्रीले आफ्नो राजनीतिक जीवन नयाँ मोडमा पुगेको बताउँदै समर्थक र शुभेच्छुकहरूलाई शान्त र संयमित रहन आग्रह गरेकी छिन्।

सामाजिक सञ्जालमार्फत प्रतिक्रिया जनाउँदै झाँक्रीले आफ्नो जीवनमा आएको वर्तमान अवस्थालाई ‘राजनीतिक उतार-चढाव’को रूपमा लिँदै त्यसलाई सामान्य रूपमा लिन आग्रह गरेकी छिन्। उनले लेखेकी छिन्, ‘मेरो राजनीतिक जीवनको उतारचढाव हो यो। तपाईँहरूप्रतिको मेरो उत्तरदायित्व सधै रहनेछ।’

गत निर्वाचनको स्मरण गर्दै झाँक्रीले मतदाताप्रति आभार व्यक्त गरेकी छिन्। उनले भनेकी छिन्, ‘गत निर्वाचनमा म तपाईँहरूबीचमा आएँ-आफ्नो दल विर्सेर वा मलाई आफ्नो ठानेर, वा मलाई आफैँ जस्तो ठानेर साथ दिनुभयो। यो सहयोग, सद्भाव र स्नेहलाई सधैँ मनमा राख्नेछु।’

झाँक्रीले केही निर्णय गर्न लागेको बताउँदै त्यसलाई सामान्य रूपमा लिन अनुरोध गरेकी छिन्। उनको भनाइ अनुसार, ‘मैले केही निर्णय लिँदैछु। यसलाई हजुरहरूले सामान्य रूपमा लिनको लागि अनुरोध गर्दछु।’

झाँक्रीले आफ्नो आगामी कदमबारे स्पष्ट रूपमा केही नबताए पनि, उनको यो भनाइले नयाँ राजनीतिक निर्णयको संकेत गरेको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad