रक्षा बम नेतृत्वको नेपाल जेनजी फ्रन्टले शनिबार तीन केन्द्रीय विभागीय सदस्य र सातै प्रदेशमा प्रदेश सम्पर्क व्यक्तिहरू चयन गरेको छ।
नेपाल जेनजी फ्रन्टको विभागीय सदस्यका रुपमा रितु खड्कालाई जनसम्पर्क समितिको सदस्य, अमृता बनलाई अभियान समितिको सदस्य र संविधान प्रसाईलाई सुचना प्रविधि समितिको सदस्य बनाइएको छ।
फ्रन्टले सातवटै प्रदेशमा सम्पर्क व्यक्तिहरू पनि तोकेको छ। जसमा कोशी प्रदेश (प्रदेश नम्बर १) बाट रोहन दंगाल, मधेश प्रदेशबाट नजरे आलम, बागमती प्रदेशबाट सचिन चापागाई, गण्डकी प्रदेशबाट साबिज मिया, लुम्बिनी प्रदेशबाट सौरभ न्यौपाने, कर्णाली प्रदेशबाट बनिता बोगटी र सुदूरपश्चिम प्रदेशबाट नवीन बिष्टलाई चयन गरिएको सुचना नेपाल जेन-जी फ्रन्टले आफ्नो फेसबुक पेजबाट सार्वजनिक गरेको हो।
नेपाल जेनजी फ्रन्टका सम्पर्क व्यक्तिहरूले केहि समय अगाडि देखि नै फ्रन्टमा सबै प्रदेशका जेनजीहरूलाई जोड्ने काम गरिरहेको युजन राजभण्डारीले बताएका हुन्।
फ्रन्टले 'जेनजी विद्रोहलाई संस्थागत गर्ने उद्देश्यका साथ खोलिएको यस विद्रोह प्रति शुभेच्छा र सद्भाव राख्नुहुने सम्पूर्ण नेपाली नागरिकलाई संगठित र एकबद्द गराउने योजनामा हामी प्रतिवद्द छौँ भन्दै' सूचना सार्वजनिक गरेको हो।

Shares

प्रतिक्रिया