राजनीति


निर्वाचनमा भाग लिन मतदातालाई प्रधानमन्त्रीको आग्रह

निर्वाचनमा भाग लिन मतदातालाई प्रधानमन्त्रीको आग्रह

नेपालखबर
कात्तिक २१, २०८२ शुक्रबार १७:४९, काठमाडौँ

प्रधानमन्त्री सुशीला कार्कीले फागुन २१ का लागि तय भएको निर्वाचनमा भाग लिन मतदातालाई आग्रह गरेकी छन्। आज शुक्रबार एक सन्देश जारी गर्दै कार्कीले मदातिधकार सदुपयोग गर्न भनेकी हुन्। 

उनले लोकतान्त्रिक समाजमा नागरिकका सपना २ कुराले साकार पार्ने पनि उल्लेख गरेकी छन्।  
'लोकतान्त्रिक समाजमा नागरिकको सपना साकार पार्ने २ मूलभूत साधन छन्- पहिलो, तपाईँ-हामी नागरिकको विवेक। त्यो विवेक, जसले सही गर्छ, गलत गर्दैन र गलत गर्न पनि दिँदैन,' उनले भनेकी छन्। 

त्यस्तै दोस्रो ,'विवेकलाई प्रयोग गर्ने आधिकारिक साधन अर्थात् मतदाता परिचय पत्र। जेन जी युवा र समस्त नेपालीको सपनाको नेपाललाई यथार्थको नेपाल बनाउन, सबैभन्दा पहिला तपाईँ-हामीले हाम्रो मतदाता परिचय पत्र बनाउनुपर्छ। अनि त्यसको सही उपयोग गरेर सही प्रतिनिधि छान्नुपर्छ।
अथवा, यहाँहरु आफै सही प्रतिनिधि बन्नुपर्छ।'

उनले विद्यमान बेथितिसँग लड्न र देश विकासमा सँगै अघि बढ्न हरेक योग्य नागरिकले आफ्नो मताधिकार सदुपयोग गर्नुपर्ने पनि बताएकी छन्।  

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad