राजनीति


रास्वपाको पार्टी सदस्य संख्या साढे २ लाख, कर्णाली र मधेसमा कमजोर (पूर्णपाठ)

रास्वपाको पार्टी सदस्य संख्या साढे २ लाख, कर्णाली र मधेसमा कमजोर (पूर्णपाठ)

नेपालखबर
कात्तिक २१, २०८२ शुक्रबार १६:४६, काठमाडौँ

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पार्टीको सदस्य संख्या २ लाख ४१ हजार ७ सय ९९ पुगेको दाबी गरेको छ।

शुक्रबारदेखि चितवनको सौराहामा सुरु भएको विस्तारित बैठकमा महामन्त्री कविन्द्र बुर्लाकोटीले पेस गरेको सांगठानिक प्रतिवेदनमा यस्तो दाबी गरिएको छ। 

यद्यपि, ती मध्ये अहिलेसम्म १ लाख ७३ हजार ५९ सदस्यको मात्रै प्रमाणीकरणभएको उल्लेख गरिएको छ। 

तीमध्ये थारू समुदायको सदस्यता १.५ प्रतिशत, मुस्लिम समुदायको १.१ प्रतिशत, आदिवासी जनजातिको १९.३ प्रतिशत र दलित समुदायको सहभागिता ७.३ प्रतिशत रहेको छ।

रास्वपामा महिला सदस्य संख्या १४ प्रतिशत रहेको जनाइएको छ।

कर्णाली र मधेसमा अवस्था कमजोर

रास्वपाले पार्टीको सांगठनिक अवस्था कर्णाली र मधेस प्रदेशमा अझैँ पनि कमजोर रहेको आन्तरिक मूल्यांकन गरेको छ। 

बुर्लाकोटीले प्रस्तुत गरेको सांगठनिक प्रतिवेदनमा कर्णाली र मधेस प्रदेशलाई पार्टीका कमजोर क्षेत्रका रूपमा उल्लेख गरिएको छ।

केन्द्र, जिल्ला र पालिका तहमा गठन हुने र्‍यापिड एक्सन टिमको अवस्था पनि यी प्रदेशमा कमजोर रहेको उल्लेख गरिएको छ। यसको अधिवेश मधेसमा ४ प्रतिशत मात्रै भएको र कर्णालीमा शून्य प्रतिशत रहेको उल्लेख गरिएको छ। 

प्रतिवेदनमा भनिएको छः

कर्णाली प्रदेश संगठन भंग गरी २०८१ भाद्रमा नयाँ सिराबाट संगठन सुरुवात गरिएको थियो। त्यसैले कर्णाली प्रदेश अरु प्रदेशहरूभन्दा संगठनको दृष्टिकोणले नयाँ छ। तथापि नयाँ प्रदेश समिति आइसके पछाडि कर्णाली प्रदेशको प्रगति उल्लेख्य रहेको छ।

प्रदेशको राजनीतिक र सांगठनिक गतिविधिहरूलाई प्रभावकारी पार्नको लागि केन्द्रीय समितिले आफ्नो अधिकार क्षेत्रभित्रबाट प्रदेश इन्चार्ज व्यवस्था गरेको छ। प्रदेश इन्चार्जहरूको तर्फबाट सम्पादन हुनको लागि एउटा स्पष्ट कार्य विवरण तोकिएको छ।

यसरी वडादेखि पालिका, निर्वाचन क्षेत्र, जिल्ला र प्रदेश हुँदै केन्द्रसम्मको संगठनात्मक अवस्था सबल बनाउनको लागि हामी सबैजनाले आआफ्नो ठाउँमा जिम्मेवारी लिँदै आएका छौं।

तथापि हामी कहाँ कति भयौँ या भएनौं हामी बीचको समीक्षा महत्वपूर्ण हुन्छ।

हेर्नुहोस् पूर्णपाठ

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad