राजनीति


रास्वपाको ठहर : तीन ठूला दलले सत्तालाई ‘म्युजिकल चेयर’ बनाउँदा जेनजीको विस्फोट (पूर्णपाठ)

रास्वपाको ठहर : तीन ठूला दलले सत्तालाई ‘म्युजिकल चेयर’ बनाउँदा जेनजीको विस्फोट (पूर्णपाठ)

नेपालखबर
कात्तिक २१, २०८२ शुक्रबार १३:५७, काठमाडौँ

राष्ट्रिय स्वतन्त्र पार्टीले तत्कालीन संसदका तीन ठूला दलले सत्तालाई ‘म्युजिकल चेयर’ बनाउँदा जेनजी आन्दोलन भएको ठहर गरेकोक छ। 

चितवनको सौराहामा शुक्रबार सुरु रास्वपाको विस्तारित बैठकमा कार्यवाहक सभापति डोलप्रसाद अर्यालले राजनीतिक प्रस्ताव पेस गर्दै ठूला दलप्रति तीव्र आलोचना गरेका हुन्।

प्रतिवेदनमा भनिएको छ, ‘लोकतान्त्रिक र संसदीय मूल्य-मान्यता विपरीत संसदका तीन ठूला दलले सत्तालाई ‘म्युजिकल चेयर’ बनाएर लोकतन्त्रको आवरणमा ‘दलतन्त्र’ लादेपछि यस्ता दुर्घटना अवश्यम्भावी थियो । र, भयो पनि।’

त्यसमाथि कांग्रेस र एमालेले सरकार बनाएर नागरिककको स्वतन्त्रता खुम्च्याउने काम गरेपछि आमनागरिकको असन्तोष प्रस्फुट हुने परिस्थिति बनेको अर्यालको विश्लेषण छ।

‘अझ, दुई ठूला दल कांग्रेस र एमाले मिलेर बनेको सरकारले नागरिकका जायज आवाजसमेत नसुनी तिनको स्वतन्त्रता खुम्च्याएर लोकतन्त्रको आवरणमा दोहन, दलीयकरण र निरंकुशता लाद्ने जुन प्रपञ्च गयो, त्यहीबाट बढेको आक्रोश जेनजीको नाममा विस्फोट भएको हो,’ प्रतिवेदनमा भनिएको छ, ‘जुन सुकै शक्ति वा समूहले गैरदलीय व्यानरमा आन्दोलनको आह्वान र अगुवाई गरेको भए पनि त्यसमा आमनागरिकको असन्तोष प्रस्फुट हुने परिस्थिति बनिसकेको थियो।’


 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad