राजनीति


सरकारले राजनीतिक दललाई अवमूल्यन गरेको छैन : मन्त्री सिन्हा

सरकारले राजनीतिक दललाई अवमूल्यन गरेको छैन : मन्त्री सिन्हा

फाइल तस्बिर


नेपालखबर
कात्तिक २१, २०८२ शुक्रबार १२:३५, काठमाडौँ

कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अनिलकुमार सिन्हाले वर्तमान सरकारले कुनै पनि राजनीतिक दललाई अवमूल्यन नगरेको स्पष्ट गरेका छन्।

प्रधानमन्त्री सुशीला कार्कीले राजनीतिक दलहरुलाई अवमूल्यन गरेको आलोचना भइरहेका बेला शुक्रबार सिंहदरबारमा बसेको राष्ट्रिय सभा कार्य व्यवस्था परामर्श समितिको बैठकमा मन्त्री सिन्हाले यस्तो प्रतिक्रिया दिएका हुन्।

उनले असन्तुष्ट पक्षहरुसँग पटक-पटक संवाद र छलफल गर्नुपर्ने बाध्यताले दलहरुसँगको सम्पर्कमा केही ढिलाइ भएको भए पनि सरकारको उद्देश्य पारदर्शी र समावेशी रहेको बताए।

‘हामी जनप्रतिनिधिलाई सत्ता हस्तान्तरण गर्ने एकमात्र लक्ष्यसहित अघि बढेका हौँ,’ मन्त्री सिन्हाले भने, ‘तर, असन्तुष्ट पक्षको सुनुवाइ र सरकारको दैनिकी सञ्चालनका कारण केही ढिलाइ भएको हो।’

मन्त्री सिन्हाले प्रारम्भिक चरणमा जेन-जी समूहहरुसँगको निरन्तर छलफलका कारण समय लागेको उल्लेख गर्दै सरकारले राजनीतिक दललाई कहिल्यै पनि बेवास्ता नगरेको दोहोर्‍याए।

उनले दललाई अवमूल्यन गर्दा असहज परिस्थिति सिर्जना हुने अनुभव सरकारसँग रहेको पनि बताए।

सिन्हाले देशको सुरक्षा अवस्था सहज बनाउन सर्वसाधारण जनताले प्रहरी र सुरक्षाकर्मीलाई गरेको सहयोगप्रति आभार प्रकट गर्दै भने, ‘जुत्ता, लुगा, पकाउने भाँडा नभएका सुरक्षाकर्मीलाई जनताले सहयोग गरेर सौहार्दपूर्ण वातावरण निर्माण गर्नुभएको थियो, त्यसका लागि म कृतज्ञ छु।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad