राजनीति


एमाले नेता पौडेलले गरे आगजनी भएको जनमोर्चाको कार्यालय निरीक्षण

एमाले नेता पौडेलले गरे आगजनी भएको जनमोर्चाको कार्यालय निरीक्षण

नेपालखबर
कात्तिक २०, २०८२ बिहिबार १५:६, काठमाडौँ

नेकपा (एमाले) का उपाध्यक्ष एवम् पूर्वउपप्रधानमन्त्री विष्णु पौडेलले बुटवलस्थित राष्ट्रिय जनमोर्चाको कार्यालय अवलोकन गरेका छन्। 

भदौ २४ गतेको जेनजी आन्दोलनका क्रममा बुटवलको चाँदमारीस्थित जनमोर्चाको क्षेत्रीय कार्यालयमा आन्दोलनकारीले आगजनी गरेका थिए। 

आगजनी भएलगत्तै स्थानीयले आन्दोलनकारीलाई भगाएर आगो निभाएका कारण कार्यालयमा धेरै ठूलो क्षति भने भएको छैन।

बिहीबार नेता पौडेल, वासुदेव घिमिरेलगायतको एमाले नेताहरूको टोलीले आगलागीबाट भएको क्षतिबारे जानकारी लिएको हो। 

त्यसक्रममा भवनको अवस्था र पुनर्निर्माणको सम्भावनाबारे छलफल भएको जनमोर्चाका नेता एवम् कम्युनिष्ट संग्रहालयका अध्यक्ष चेतनाथ आचार्यले जानकारी दिए।

जनमोर्चाले उक्त कार्यालयमा कम्युनिष्ट संग्रहालय स्थापना गरेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad