राजनीति


संकटका बेला प्रचण्ड-माधव मात्रै देखिनुभयो, अब सर्वमान्य नेता बन्नुपर्छ : महेन्द्रराय यादव

संकटका बेला प्रचण्ड-माधव मात्रै देखिनुभयो, अब सर्वमान्य नेता बन्नुपर्छ : महेन्द्रराय यादव

नेपालखबर
कात्तिक १९, २०८२ बुधबार १५:१२, काठमाडौँ

नेता महेन्द्रराय यादवले देश अहिले गम्भीर संकटमा रहेको बताउँदै त्यसलाई सम्हाल्न पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपालले पहल गरेको बताएका छन्।

बुधबार नेपाली कम्युनिस्ट पार्टीको एकता घोषणा कार्यक्रममा यादवले संविधानको रक्षाका लागि योगदान गरेको समेत उल्लेख गरे।

‘देशलाई अहिलेको संकटबाट जोगाउनका लागि जेन–जी आन्दोलनका समयमा मैले एमाले र कांग्रेसलाई देखिनँ,’ यादवलाई भने, ‘तर, प्रचण्ड कमरेड र माधव नेपालजस्ता नेताहरूले देशलाई यहाँसम्म ल्याउनका लागि संविधान रक्षाको अभियानमा राति ४ बजेसम्म खटिनुभयो।’

यादवले प्रचण्ड र माधव नेपालले केवल कम्युनिस्ट नेताको रूपमा होइन, नेपालका सर्वमान्य नेता बन्ने घोषणा गर्नुपर्ने समय आएको पनि बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad