राजनीति


बयानका लागि सिंहदरबारमा रवि लामिछाने (तस्बिरहरू)

बयानका लागि सिंहदरबारमा रवि लामिछाने (तस्बिरहरू)

सरोज नेपाल
कात्तिक १९, २०८२ बुधबार १३:२२, काठमाडौँ

राष्ट्रिय स्वतन्त्र पार्टीका (रास्वपा)का सभापति रवि लामिछानेलाई बयानका लागि सिंहदरबारस्थित जाँचबुझ आयोगको कार्यालय ल्याइएको छ। सहकारी ठगी अभियोगमा ललितपुरस्थित नक्खु कारागारमा रहेका उनलाई सिंहदरबार ल्याइएको हो।

उच्चस्तरीय जाँचबुझ आयोगले उनीसँग बयान लिन सिंहदरबारस्थित आयोगको कार्यालयमा झिकाएको हो ।

भदौ २३ र २४ गतेको जेनजी आन्दोलनको घटना छानबिनका लागि सरकारले पूर्वन्यायाधीश गौरीबहादुर कार्कीको नेतृत्वमा जाँचबुझ आयोग गठन गरेको छ।  

 गत भदौ २४ गते जेनजी आन्दोलनको क्रममा ललितपुरको नक्खु कारागारबाट बाहिर आएको विषयमा आयोगले बयान लिन लागेको हो।

उक्त दिन लामिछाने कारागारले यहाँ सुरक्षा दिन नसक्ने भन्दै पत्र दिएको बताउँदै जेलबाट बाहिर आएका थिए। 

आयोगले लामिछानेकी पत्नी निकिता पौडेल र रास्वपाका कार्यवाहक सभापति डीपी अर्यालसँग पनि बयान लिने तयारी गरेको छ।  

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad