राजनीति


वडाध्यक्षबाट मालिस गराउने गाउँपालिका अध्यक्षको राजीनामा स्वीकृत

वडाध्यक्षबाट मालिस गराउने गाउँपालिका अध्यक्षको राजीनामा स्वीकृत

नेपालखबर
कात्तिक १८, २०८२ मंगलबार २१:२९, जनकपुरधाम

सप्तरीको अग्नीसाईर कृष्णासवरन गाउँपालिकाका अध्यक्ष दिनानाथ चौधरीले पदबाट राजीनामा दिएका छन्।

वडाध्यक्षबाट खुट्टा मालिस गराएको भिडिओ सार्वजनिक भएपछि विवादमा परेका पालिका अध्यक्ष चौधरीले असोज ५ गते दिएको राजीनामा पत्र हालै सार्वजनिक भएको हो।

आज बसेको कार्यपालिका बैठकले उनको राजीनामा स्वीकृत गरेको उपाध्यक्ष कल्पना चौधरीले जानकारी दिइन्। 

उपाध्यक्षलाई सम्बोधन गर्दै लेखेका राजीनामा पत्रमा उनले पदमा रहेर काम गर्न असमर्थ रहेको उल्लेख गरेका छन् ।

‘म दिनानाथ चौधरी, अग्नीसाईर कृष्णासवरन गाउँपालिकाको अध्यक्ष पदमा कार्यरत रही आएकोमा विभिन्न कारणवश सो पदमा निरन्तर कार्य गर्न असमर्थ भएको छु,’ राजीनामा पत्रमा छ।

उपाध्यक्षको कार्यकक्षमा रहेको सोफामा सुतेर वडाध्यक्षबाट खुट्टामा मालिस गराएको भिडिओ सामाजिक सञ्जालमा भाइरल भएपछि चौधरी विवादमा तानिएका थिए।

अध्यक्ष चौधरी एमालेबाट निर्वाचित भएका थिए भने उपाध्यक्ष कल्पना चौधरी नेपाली कांग्रेसबाट निर्वाचित भएकी हुन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad