राजनीति


प्रगतिशील अभियान घोषणा गर्दै जनार्दनले भने- अध्यक्ष वा उपाध्यक्ष बन्ने लक्ष्यका लागि होइन

प्रगतिशील अभियान घोषणा गर्दै जनार्दनले भने- अध्यक्ष वा उपाध्यक्ष बन्ने लक्ष्यका लागि होइन

नेपालखबर
कात्तिक १८, २०८२ मंगलबार १५:५५, काठमाडौँ

नेकपा (माओवादी केन्द्र) परित्याग गर्दै नयाँ अभियान घोषणा गरेका नेता जनार्दन शर्माले आफ्नो अभियान कुनै पद वा नेतृत्वको दाबीका लागि नभई राष्ट्र निर्माण र प्रगतिशील मूल्यको सुदृढीकरणका लागि भएको स्पष्ट पारेका छन्।

मंगलबार ललितपुरमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै  भने, ‘हामी समग्रमा प्रगतिशील अभियान चलाउँदै लोकतान्त्रिक र वामपन्थी मूल्य आत्मसात गर्ने प्रयास गर्दैछौं। राष्ट्रका पक्षमा स्वयंसेवा गर्न चाहने सबैसँग सहकार्य गरेर अघि बढ्नु हाम्रो नीति हो।’

उनका अनुसार यो अभियानलाई राष्ट्र निर्माणको अभियानका रूपमा रूपान्तरण गर्दै देशका प्रगतिशील, लोकतान्त्रिक र वामपन्थी शक्तिलाई एकजुट पार्ने उद्देश्य रहेको छ।

नेता शर्माले थपे, ‘हामी अध्यक्ष वा उपाध्यक्ष बन्ने लक्ष्यका लागि होइन, नयाँ पुस्तालाई नेतृत्वमा ल्याएर अनुभव बाँड्ने र मार्गनिर्देशन गर्ने उद्देश्यले अघि बढेका हौं। सहिद सन्तती र नयाँ पुस्ता नै अबको साँचो नेता हुन्।’

उनले पार्टी र आन्दोलनलाई नयाँ राजनीतिक कोर्षमा अघि बढाउने प्रतिवद्धता पनि व्यक्त गरे।

हामी समग्रमा प्रगतिशील अभियान चलाउँदै यो देशका लोकतान्त्रिक र प्रगतिशील मूल्यहरू आत्मसात् गर्नेछौँ। 

यो देशमा वामपन्थी मूल्यहरू आत्मसात् गर्नेछौँ। राष्ट्रका पक्षमा स्वयंसेवा गर्न चाहने सबैलाई केन्द्रमा राखी त्यस्ता सबै समूहसँग सहकार्य गर्दै अघि बढ्नु हाम्रो नीति रहनेछ। यो अभियानलाई हामी व्यापक रूपमा अघि बढाउनेछौँ।

यो अभियानलाई राष्ट्र निर्माणको अभियानका रूपमा अगाडि लैजानेछौँ। हामी नेतृत्वको दाबी गर्दै- फेरि अध्यक्ष वा उपाध्यक्ष बन्ने लक्ष्यका लागि- यो काम गर्दै छैनौँ। यहाँ सहिद सन्तानहरू हुनुहुन्छ, उहाँहरू हाम्रा नेता हुन्। उहाँहरूको पुस्ता अबको नेता हो। हामीभन्दा पछिल्लो पुस्ता अबको नेता हो।

उहाँहरूलाई नेतृत्वमा ल्याई, हामीले साँचेका राजनीतिक अनुभवहरू बाँडेर त्यसलाई मद्दत पुर्‍याउँदै अघि बढ्ने हाम्रो प्रतिबद्धता छ। हामी राजनीतिक कोर्षलाई भिन्न रूपले अगाडि बढाउन चाहन्छौँ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad