राजनीति


जनार्दनले भने- प्रचण्डले माधव नेपालको नीतिमा आत्मसमर्पण गर्नुभयो, हामीले स्वीकार गरेनौँ

जनार्दनले भने- प्रचण्डले माधव नेपालको नीतिमा आत्मसमर्पण गर्नुभयो, हामीले स्वीकार गरेनौँ

नेपालखबर
कात्तिक १८, २०८२ मंगलबार १५:३५, काठमाडौँ

माओवादी केन्द्र परित्याग गरि नयाँ अभियान घोषणा गरेका नेता जनार्दन शर्माले माओवादी केन्द्रका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालको नीतिमा आत्मसमर्पण गरेको आरोप लगाएका छन्। 

मंगलबार ललितपुरमा पत्रकार सम्मेलन गर्दै आफूूहरुले त्यसलाई स्वीकार नगरेको र नयाँ अभियान घोषणा गरेको जानकारी दिए। ‘हाम्रो अध्यक्ष प्रचण्ड माओवादी पार्टी छाडेर माधव नेपालजीको नीतिमा आत्मसमर्पण गर्नुभयो,’ शर्माले भने, ‘उहाँ उतै जानु भयो। हामीले त्यो कुरालाई स्वीकार गरेनौँ।’

‘स्वीकार नगरीसकेपछि नयाँ ढंगले पुनर्गठनको एउटा अभियान, एउटा प्रगतिशील अभियान सञ्चालन गर्ने अठोट गरेका छौँ,’ उनले थपे।

शर्माले माओवादीको बिरासत समेत आफूूहरुले नै बोक्ने बताए। उनले भने,‘जनयुद्ध, जन आन्दोलन र बलिदानको जो कुरा छ, त्यो बिरासत हामीले बोक्छौँ। त्यसको जिम्मा हामीले लिन्छौँ।’ 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad