राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) भित्र आन्तरिक किचलो बढिरहेका बेला सो पार्टीका प्रवक्ता ज्ञानेन्द्र शाहीले पार्टी नेतृत्वलाई तत्काल गुट-उपगुटका भेला बन्द गर्न चेतावनी दिएका छन्।
अध्यक्ष राजेन्द्र लिङ्देन र महामन्त्री धवल शमशेर राणालाई लक्षित गर्दै शाहीले सामाजिक सञ्जालमार्फत सार्वजनिक अपिल जारी गर्दै व्यक्तिगत स्वार्थ र अहम्लाई त्याग्न र राष्ट्रिय हितलाई प्राथमिकता दिन आग्रह गरेका हुन्।
शाहीले देशलाई वैकल्पिक शक्ति चाहिएका बेला राष्ट्रवादीहरू फुटेर होइन, जुटेर अगाडि बढ्नुपर्नेमा जोड दिइएका छन्।
राप्रकाका महामन्त्री धवल शम्शेर राणाले आज आफूनिकट नेताहरूको भेला आयोजना गर्न लागेको सन्दर्भमा शाहीले आफ्नो धारणा सार्वजनिक गरेका हुन्।
राणा पक्षको भेला आज दिउँसो बालुवाटारस्थित नेपाल हाउसमा बस्दैछ।
Shares

प्रतिक्रिया