राजनीति


राजनीतिक पार्टी खोल्दै खगेन्द्र सुनार

राजनीतिक पार्टी खोल्दै खगेन्द्र सुनार

नेपालखबर
कात्तिक १७, २०८२ सोमबार ९:१, काठमाडौँ

मन्त्री बन्ने सूचीमा परेर पनि शपथ खाने बेला नाम काटिएका खगेन्द्र सुनारले राजनीतिक दल खोल्ने घोषणा गरेका छन्। 

दलित अधिकारका अभियन्ता सुनारले आफू राजनीतक पार्टी गठनको तयारीमा रहेको बताएका छन्। 

यसका लागि उनले पार्टीको नाम, झन्डा, चुनाव चिह्न तथा एजेन्डा के कस्तो राख्दा ठिक होला भनेर सामाजिक सञ्जालमा सुझाव मागेका छन्। 

‘हामी राजनीतिक पार्टी निर्माणको तयारीमा जुटिरहेका छौँ। पार्टीको नाम, चुनाव चिह्न, झन्डा, एजेन्डा के कस्तो राख्दा ठिक होला? तपाईँको सुझाव के छ’, उनले भनेका छन्, ‘र, पार्टीमा आबद्ध हुन चाहने साथीहरू पनि सम्पर्कमा आउनूस्।’

यही कात्तिक ९ गते श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री बन्न ठिक्क परेका बेला सुनारका मुद्दासम्बन्धी विवाद सार्वजनिक भएपछि प्रधानमन्त्री सुशीला कार्कीले नाम हटाएकी थिइन्। 

जेनजी आन्दोलनपछि अन्तरिम सरकार गठनसँगै प्रतिनिधि सभा विघटन गरी फागुन २१ गतेका लागि निर्वाचन तोकिएयता राजनीतिक दल गठन गर्ने क्रम बढेको छ। 

आइतबार मात्र धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले निर्वाचन आयोगबाट श्रम संस्कृति पार्टीको दर्ता प्रमाणपत्र लिएका छन्।  

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad