प्रधानमन्त्री सुशीला कार्कीले सातवटै प्रदेशका मुख्यमन्त्रीसँग छलफल गरेकी छन्।
आइतबार बालुवाटारस्थित प्रधानमन्त्री निवासका छलफल भएको हो।
छलफल आगामी फागुन २१ गते हुने निर्वाचनमा केन्द्रित रहेको सञ्चार तथा सूचना प्रविधिमन्त्री एवम् सरकारका प्रवक्ता जगदीश खरेलले बताए।
‘फागुन २१ को निर्वाचन, सुशासन र भ्रष्टाचार नियन्त्रण जस्तो विषयमा संघीय सरकार र प्रदेश सरकारबीच कसरी सहकार्य गर्न सकिन्छ भन्ने विषयमा महत्त्वपूर्ण छलफल भएको छ’ मन्त्री खरेलले भने, ‘भ्रष्टाचार नियन्त्रणको सवालमा पनि दुवै तहका सरकारबीच कसरी सहकार्य गर्न सकिन्छ भनेर कुराहरू भएको छ।’
उनले थपे, ‘चुनावको सन्दर्भमा सम्मानीय प्रधानमन्त्री सुशीला कार्कीले अहिले भइरहेका प्रगतिबारे प्रदेश सरकारलाई जानकारी गराउने पनि काम गर्नुभयो । प्रदेश सरकारबाट पनि प्रदेश तहमा चुनावको वातावरण कस्तो छ? जनस्तरमा कस्तो छ? सुरक्षा अवस्था कस्तो छ? जनस्तरमा सबै सरोकारवालाहरूले चुनावलाई कसरी लिएका छन् भन्ने विषयमा उहाँहरूको ब्रिफिङ रह्यो।’
बैठकमा संघ, प्रदेश र स्थानीय तहबीच मिलेर काम गर्ने र चुनावलाई सफल पर्ने समझदारी भएको मन्त्री खरेलले बताए।
Shares

प्रतिक्रिया