नागढुंगा सुरुङमार्ग सञ्चालन र मर्मत सम्भारका लागि सडक विभागले बोलपत्र (टेन्डर) आह्वान गरेको छ। नागढुंगासुरुङ मार्ग सञ्चालन तथा मर्मतका लागि आवश्यक पर्ने सेवा प्रदायक छनोट गर्न विभागले आइतबार अन्तर्राष्ट्रिय टेन्डर आह्वान गरेको हो।
नागढुंगा सुरुङ निर्माण आयोजनाले आइतबार अन्तर्राष्ट्रिय प्रतिस्पर्धाबाट अनुभवी तथा सक्षम सेवा प्रदायक छनोटका लागि टेन्डर आह्वान गरेको हो । इच्छुक कम्पनीले आगामी २ पुस (१७ डिसेम्बर २०२५) सम्म टेन्डरमा सहभागी हुन सक्छन्।
सुरुङमार्गलाई व्यवस्थित र सुरक्षित रुपमा सञ्चालन गर्नु पर्ने हुन्छ। यसका लागि विभागले टेन्डरमार्फत सञ्चालन तथा मर्मत गर्ने कम्पनी छनोट प्रक्रिया अघि बढाएको हो।
अन्तर्राष्ट्रिय कम्पनीले नेपाली कम्पनीलाई जेभी पार्टन राखेर मात्र टेन्डरमा सहभागी हुनु पर्ने प्रावधान राखिएको छ। सेवा प्रदायकले पाँच वर्षको सुरुङ मार्ग सञ्चालन तथा मर्मतको जिम्मा पाउने छ।
Shares

प्रतिक्रिया