राजनीति


शिक्षामन्त्री पुन सरे डेरा: सिंहदरबारबाटै काम, सिंहदरबारमै ओछ्यान

शिक्षामन्त्री पुन सरे डेरा: सिंहदरबारबाटै काम, सिंहदरबारमै ओछ्यान

नेपालखबर
कात्तिक १६, २०८२ आइतबार १६:१९, काठमाडौँ

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनले नियमित कामकाज सिंहदरबारबाट सुरु गरेका छन्। उनले आज आइतबारदेखि नियमित कामकाज सिंहदरबारबाटै सुरु गरेको मन्त्रालयका उपसचिव मधुप्रसाद घिमिरेले नेपालखबरलाई जानकारी दिए। 

भदौ २४ गतेको जेनजी आन्दोलनपछि सिंहदरबारस्थित शिक्षा मन्त्रालय ध्वस्त भएको थियो। त्यसपछि शिक्षा मन्त्रालयको नियमित कामकाज लैनचौरस्थित केशरमहलबाट सञ्चालन गरिएको थियो। 

'अब मन्त्रालयको नियमित कामकाज सिंहदरबारबाटै हुन्छ। मन्त्रीज्यूले पनि आजैदेखि सिंहदरबारबाट काम गर्न थालिसक्नु भयो,' उनले भने, 'अब उहाँको डेरा पनि यतै तयार हुन्छ। उता (केशरमहल)मा भएका सामानहरू सिंहदरबार सारेर उहाँको सुत्ने ठाउँ पनि यतै बन्छ।'

उनका अनुसार मन्त्रालयका केही काम भने केशरमहलबाट पनि हुन्छन्। मन्त्री पुन गत असोज ६ गते शिक्षामन्त्री बनेका थिए। उनी असोज ७ गतेदेखि नै केशरमहलमै बस्दै आएका छन्।  

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad