राजनीति


गृहमन्त्री अर्यालले बालेनलाई अविलम्ब गिरफ्तार गर्नुपर्छ, नत्र मुठभेड बढ्छ : विष्णु रिजाल

गृहमन्त्री अर्यालले बालेनलाई अविलम्ब गिरफ्तार गर्नुपर्छ, नत्र मुठभेड बढ्छ : विष्णु रिजाल

एमाले नेता विष्णु रिजाल, मेयर बालेन र गृहमन्त्री ओमप्रकाश अर्याल (फाइल फोटो)


नेपालखबर
कात्तिक १६, २०८२ आइतबार १०:७, काठमाडौँ

नेकपा एमालेका केन्द्रीय सदस्य विष्णु रिजालले काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह ‘बालेन’लाई तत्काल गिरफ्तार गर्न सरकारसँग माग गरेका छन्। 

शनिबार मध्यराति एमालेसहित नेपालका राजनीतिक दलहरूलाई अश्लील शब्दमा स्टाटस लेखेको चर्चा भइरहेका बेला रिजालले बालेन सिंहदरबार जलाउने मतियार रहेको आरोप लगाउँदै उनलाई तत्काल पक्राउ गर्न गृहमन्त्री ओमप्रकाश अर्यालसँग माग गरेका हुन्। 

‘बालेन साहले हद नाघ्दै गएका छन् र देशमाथि खतरा बनिरहेका छन्। नेपालमा गाँजा प्रतिबन्धित छ’, एमाले नेता रिजालले आइतबार बिहान सामाजिक सञ्जालमार्फत भनेका छन्, ‘गृहमन्त्री ओमप्रकाश अर्यालले सिंहदरबार जलाउने मतियार बालेनलाई अविलम्ब गिरफ्तार गर्नुपर्छ। नत्र अराजकता र मुठभेड बढ्छ।’

मेयर बालेनले शनिबार मध्यराति अंग्रेजीमा अश्लील शब्द प्रयोग गरी अमेरिका, भारत र चीन तथा नेकपा एमाले, नेपाली कांग्रेस, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) र माओवादीलाई गाली गरेका थिए। 

तर व्यापक आलोचना हुन थालेपछि उनले केही बेरपछि त्यो स्टाटस हटाएका थिए। तर त्यसको स्क्रिनसट राखेर सामाजिक सञ्जालमा उनको विरोध भइरहेको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad