राजनीति


बालेनले मध्यराति लेखेर मेटेको 'अश्लील' स्टाटसको स्क्रिनसट भाइरल

बालेनले मध्यराति लेखेर मेटेको 'अश्लील' स्टाटसको स्क्रिनसट भाइरल

नेपालखबर
कात्तिक १६, २०८२ आइतबार ७:१८, काठमाडौँ

काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) ले शनिबार मध्यराति लेखेर मेटेको एउटा स्टाटसको स्क्रिनसट यतिबेला सामाजिक सञ्जालमा भाइरल भइरहेको छ।

अमेरिका, भारत र चीनसहित नेपालका राजनीतिक दलहरूलाई गाली गर्दै अंग्रेजीमा लेखेको त्यस स्टाटसमा बालेनले अश्लील शब्द प्रयोग गरेको भनी चर्काे आलोचना भइरहेको छ।

शनिबार राति ११ बजेर ५६ मिनेट जाँदा लेखेको त्यो स्टाटस उनले केही बेरपछि नै हटाएका थिए। तर सामाजिक सञ्जाल प्रयोगकर्ताले स्क्रिनसट राखेर व्यापक टिप्पणी गरिरहेका छन्।

उनले स्टाटसमा अमेरिका, भारत र चीन तथा नेकपा एमाले, नेपाली कांग्रेस, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) र माओवादीलाई गाली गरेका छन्।

अनि 'सबै मिले पनि केही गर्न सक्दैनन्' भनेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad