राजनीति


अफताब आलम केएमसीको भेन्टिलेटरमा, स्वास्थ्य अवस्था गम्भीर

अफताब आलम केएमसीको भेन्टिलेटरमा, स्वास्थ्य अवस्था गम्भीर

फाइल फोटो


नेपालखबर
कात्तिक १२, २०८२ बुधबार २०:३३, काठमाडौँ

नेपाली कांग्रेस नेता अफताब आलम अस्पताल भर्ना भएका छन्। 

उच्च अदालत वीरगञ्जले गत जेठमा ज्यान मुद्दामा सफाइ दिएपछि कारागारमुक्त भएका आलम काठमाडौँ मेडिकल कलेजमा भर्ना भएको सुरक्षा स्रोतले जानकारी दिएको छ। भेन्टिलेटरमा उपचार भइरहेका उनको स्वास्थ्य अवस्था गम्भीर छ। 

मुटुमा समस्या देखिएपछि मंगलबार आलमलाई अस्पताल भर्ना गरिएको थियो। गत जेठमा नक्खु कारागारबाट छुटे लगतै पनि उनलाई ब्रेन स्ट्रोक भएको थियो। 

अस्पताल स्रोतका अनुसार आलमको मिर्गौला फेल भएको छ।

त्यतिबेला माइतीघरस्थित अन्नपूर्ण न्यूरो अस्पतालमा उपचार गराइएको थियो। २०६४ सालको निर्वाचनको तयारी गरिरहँदा बम विस्फोट भएका घाइतेलाई जिउँदै इट्टाभट्टामा जलाएको आरोप आलममाथि थियो। उक्त अभियोगमा जिल्ला अदालत रौतहटले दोषी ठहर गर्दै जन्मकैदको फैसला सुनाएको थियो। 

तर उक्त फैसला उच्च अदालतले उल्ट्याउँदै आलमसहित सबै प्रतिवादीहरुलाई सफाइ दिएको थियो। आलमले जिउँदै मान्छे जलाएको र घटना भएको भन्ने प्रमाणले पुष्टि नभएको उच्च अदालतको दाबी छ। उच्चको फैसलाविरुद्ध सर्वोच्चमा पुनरावेदन भइसकेको छ। सर्वोच्चको फैसला आउन बाँकी छ।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad