राजनीति


अब नेपालमा सामाजिक सञ्जाल बन्द हुँदैनः सञ्चारमन्त्री खरेल

अब नेपालमा सामाजिक सञ्जाल बन्द हुँदैनः सञ्चारमन्त्री खरेल

नेपालखबर
कात्तिक १२, २०८२ बुधबार १६:३२, काठमाडौँ

सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले सामाजिक सञ्जाललाई व्यवस्थित र जिम्मेवार बनाउन आवश्यक रहेको बताएका छन्।

बुधबार सिंहदरबारस्थित मन्त्रालयमा अनलाइन टिभीकर्मीहरूसँगको छलफलमा बोल्दै उनले यस्तो बताएका हुन्। 

सामाजिक सञ्जाललाई नयाँ मूलधारको मिडियाको रूपमा स्वीकार गर्दै उनले सामाजिक सञ्जाललाई नियमन गर्दै जिम्मेवार बनाउनुपर्नेमा जोड दिए। उनले सरकार जनताको आवाज सुन्ने, देखिने र महशुस हुने हुनुपर्ने उल्लेख गर्दै सञ्चार मन्त्रालय त्यस दिशामा क्रियाशील रहेको पनि दाबी गरे।

मन्त्री खरेलले अनलाइन पत्रकारहरूको तालिमका लागि आवश्यक पहल गर्ने प्रतिबद्धता पनि व्यक्त गरे। 

उनले भने, ‘सामाजिक सञ्जाल कहिल्यै पनि बन्द हुनुहुँदैन र बन्द गरिँदैन भन्नेकुरा स्पष्ट पार्न चाहन्छु। नयाँ मूलधारको मिडियाको रुपमा रहेका सामाजिक सञ्जालहरु कहिले पनि बन्द हुनु हुँदैन। बन्द गरिने छैन। कुनैपनि सञ्चार माध्यम समेत बन्द नगरिने व्यहोरा स्पष्ट पार्न चाहन्छु। दोस्रो कुरा के हो भने सामाजिक सञ्जाललाई व्यवस्थित गर्नुपर्छ। जिम्मेवार बनाउनुपर्छ। सञ्चारमन्त्रीको रुपमा मेरो प्राथमिकता पनि यही नै हो। तर बन्द गर्ने कुरा कसैलाई पनि स्वीकार्य हुँदैन।’

उनले अनलाइन लगायतका सञ्चारमाध्यमहरुको दर्ता प्रक्रिया सूचना विभागबाटै हुने निर्णय गरिसकेको पनि उल्लेख गरे। 

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad