राजनीति


सरकार र दलसँग छलफल गर्ने जेनजी प्रतिनिधिमा रक्षा बमदेखि राजन रानासम्म

सरकार र दलसँग छलफल गर्ने जेनजी प्रतिनिधिमा रक्षा बमदेखि राजन रानासम्म

नेपालखबर
कात्तिक १२, २०८२ बुधबार १६:१९, काठमाडौँ

सरकार, राजनीतिक दल र जेनजी प्रतिनिधिबीच आज छलफल हुँदैछ। प्रधानमन्त्री सुशीला कार्कीको आह्वानमा त्रिपक्षीय छलफल हुन लागेको हो। 

आजको छलफल फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा निर्वाचन केन्द्रित हुने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। 

प्रतिनिधिसभा निर्वाचनको वातावरण निर्माण गर्न सरकारले आज पहिलोपटक राजनीतिक दल र जेनजी प्रतिनिधिहरूसँग वार्ता गर्न लागेको हो।
 
सञ्चार तथा सूचना प्रविधि मन्त्री जगदीश खरेलले निर्वाचनको माहोलका लागि पहिलोपटक सरकार, राजनीतिक दल र जेनजी पुस्ताबिच संयुक्त बैठक आयोजना गरिएको जानकारी दिए। यसअघि कात्तिक ४ गते सरकार र राजनीतिक दलहरूबिच छलफल भएको थियो।

उक्त बैठकमा प्रधानमन्त्री सुशीला कार्कीले जेनजीसहितको बैठकका लागि राजनीतिक दलसँग प्रस्ताव गरेकी थिइन्। 

यी हुन् छलफलमा सहभागी हुने जेनजी प्रतिनिधि
मोनिका निरौला
रक्षा बम
पुरुषोत्तम यादव
सामना लावती
खेमराज साउँद
उपअर्जुन चाम्लिङ
भोजविक्रम थापा
मिराज ढुंगाना
विवेक दाहाल
जेम्स कार्की
रेहनराज डंगोल
अमीत खनाल
राजन रानामगर 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad