राजनीति


निर्वाचनका लागि पर्यवेक्षण गर्न इच्छुक संस्थालाई निवेदन दिन आयोगको आग्रह

निर्वाचनका लागि पर्यवेक्षण गर्न इच्छुक संस्थालाई निवेदन दिन आयोगको आग्रह

नेपालखबर
कात्तिक ११, २०८२ मंगलबार १८:३६, काठमाडौँ

निर्वाचन आयोगले फागुन २१ गतेका लागि तय भएको प्रतिनिधि सभाको निर्वाचनका लागि पर्यवेक्षण गर्न इच्छुक राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संस्थाहरूलाई निवेदन दिन भनेको छ।  

आयोगका सहसचिव तथा प्रवक्ता नारायणप्रसाद भट्टराईले विज्ञप्ति जारी गरी निवेदन माग गरेका हुन्। 

पर्यवेक्षण अनुमतिका लागि राष्ट्रिय संस्थाहरूले निवेदन दिँदा काठमाडौँ उपत्यकाको हकमा निर्वाचन आयोगमा र अन्य जिल्लाको हकमा सम्बन्धित प्रदेश निर्वानचन कार्यालय वा जिल्ला निर्वाचन कार्यालयमा कात्तिक २६ गतेभित्र दिन भनिएको छ। 

अन्तर्राष्ट्रिय संस्थाहरूले भने आयोगको इमेलमार्फत नोभेम्बर १२ भित्र निवेदन दिन सक्ने भट्टराईले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।  

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad