राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का कार्यवाहक सभापति डीपी अर्यालले मुलुकलाई सही निकास दिन निर्वाचनको विकल्प नै नभएको बताएका छन्। सोमबार भैरहवामा पत्रकारहरूसँग कुरा गर्दै अर्यालले फागुन २१ मा चुनाव गराउनुको विकल्प नभएको बताएका हुन्।
‘रास्वपा चुनावमा केन्द्रित भइसक्यो, पार्टी उपसभापति स्वर्णिम वाग्लेले नेतृत्वमा बाचा पत्र तायारेको काम भइरहेको छ,' उनले भने, 'कार्तिक १५ गते निर्वाचन केन्द्रित कार्यक्रम घोषणा गर्दैछौं। अरू दलले पनि चुनाव सम्पन्न गर्न सहयोग गर्नु पर्छ।’
अहिलेको सरकारले चुनाव गराउन नसके मुलुक नै अप्ठ्यारोमा पर्ने उनको भनाइ छ। त्यस्तै उनले अहिलेको अन्तरिम सरकारको मुख्य काम नै निर्वाचन गराउनु भएको पनि बताए।
रास्वपाले जेनजी अगुवा, ऊर्जामन्त्री कुलमान घिसिङ, काठमाडौँका मेयर बालेन्द्र शाहलगायतसँग संवाद गरिरहेको विषयमा पत्रकारहरूले सोधेको जिज्ञासामा उनले भने, 'सबै शक्तिलाई एकै ठाउँमा ल्याउन निरन्तर संवाद भइरहेको छ। छलफलहरू सकारात्मक भइरहेका छन्।'
Shares

प्रतिक्रिया