राजनीति


नगई नहुने मिटिङमा केही मन्त्री विदेश जानुभएको हो, विदेश घुम्यो भनेर हल्ला नगर्नुहोला: पुन

नगई नहुने मिटिङमा केही मन्त्री विदेश जानुभएको हो, विदेश घुम्यो भनेर हल्ला नगर्नुहोला: पुन

नेपालखबर
कात्तिक १०, २०८२ सोमबार १४:२९, काठमाडौँ

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री महावीर पुनले मन्त्रीहरू विदेश घुमे भनेर हल्ला नगर्न आग्रह गरेका छन्। 

नगई नहुने कार्यक्रम भएकाले मात्र केही मन्त्री विदेश गएकाले यसलाई नकारात्मक रूपमा नलिन उनको अनुरोध छ। 

आफ्नो हकमा भने उज्वेकिस्तान र नाइजेरियामा हुने कार्यक्रममा समेत नगएको उनको भनाइ छ। 

‘म युनेस्को महासभाको उज्वेकिस्तानमा हुने साधारण सभा र ब्रिटिस काउन्सिलले नाइजेरियामा आयोजना गरेको कन्फ्रेन्समा समेत गइनँ र जाँदैन’, मन्त्री पुनले सोमबार सामाजिक सञ्जालमार्फत भनेका छन्, ‘जानैपर्ने र नगई नहुने मिटिङहरूमा मात्र केही मन्त्रीज्यूहरू विदेश जानुभएको हो। विदेश घुम्यो भनेर हल्ला नगर्नुहोला।’ 

साथै उनले देशभित्रै पनि आफूलाई उद्घाटन/शिलन्यास कार्यक्रममा नबोलाउन पनि आग्रह गरेका छन्। 

‘सूचनाः कृपया कसैले पनि र कहिंबाट पनि हालको म मन्त्रीलाई उद्घाटन/शिलन्यास कार्यक्रम, प्रमुख अतिथि हुनेजस्ता कुनै पनि औपचारिक कार्यक्रमहरूमा निमन्त्रणा गर्दै नगर्नुहोला’, उनले लेखेका छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad