मन्त्रीमा सिफारिस गरेर अन्तिममा नाम काटेपछि प्रधानमन्त्री सुशीला कार्कीप्रति नेकपा एमालेका महासचिव शंकर पोखरेलले प्रश्न उठाएका छन्।
आइतबार मन्त्री बनाउन राष्ट्ररपतिकहाँ नाम पठाइएका गणपतिलाल श्रेष्ठ र खगेन्द्र सुनारको नाम शपथ खुवाउने बेलातिर काटिएको थियो।
यसरी नाम फिर्ता लिनुले के संकेत गर्छ भनी एमाले महासचिव पोखरेलले प्रधानमन्त्री कार्कीसँग सोधेका हुन्।
सामाजिक सञ्जालमा उनी लेख्छन्, 'आन्दोलनकारीको प्रतिनिधिका रूपमा मन्त्रीमा सिफारिस भएकाको नाम सार्वजनिक भएसँगै फिर्ता लिनुले के संकेत गर्छ प्रधानमन्त्रीज्यू?'
2.8k
Shares

प्रतिक्रिया