राजनीति


नयाँ संसद् भवनको काम नसकिए राष्ट्रिय सभाको बैठक कृषि समितिको हलबाट सञ्चालन गर्ने

नयाँ संसद् भवनको काम नसकिए राष्ट्रिय सभाको बैठक कृषि समितिको हलबाट सञ्चालन गर्ने

नेपालखबर
कात्तिक ९, २०८२ आइतबार १७:४४, काठमाडौँ

संसद् सचिवालयले राष्ट्रिय सभाको आगामी अधिवेशन सिंहदरबारस्थित कृषि, सहकारी तथा प्राकृतिक श्रोत समितिको हलबाट सञ्चालन गर्नेगरी तयारी थालेको छ।
 
एउटा अधिवेशन र अर्को अधिवेशनबीचको अवधि ६ महिना भन्दा बढी हुनु नहुने संवैधानिक व्यवस्था रहेको छ। राष्ट्रिय सभाको गत अधिवेशन भदौ मसान्तमा अन्त्य गरिएको थियो।

भदौ मसान्तबाट ६ महिनाभित्रमा अर्को अधिवेशन बोलाइसक्नुपर्ने संवैधानिक व्यवस्था छ। तर बानेश्वरस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र गत भदौ २३ गतेको जेनजी आन्दोलनका क्रममा आगजनी र तोडफोड भएको थियो।

त्यहाँ बैठक बस्नसक्ने स्थिति नभएकाले बैठक राख्न अर्को ठाउँको खोजि गरिरहेको संसद् सचिवालयका सहसचिव एवं प्रवक्ता एकराम गिरीले बताए।

‘राष्ट्रिय सभा स्थायी सभा हो, एउटा अधिवेशन र अर्को अधिवेशनबीचको अवधि ६ महिना भन्दा बढी हुनु हुँदैन भन्ने संवैधानिक व्यवस्था छ,’ उनले भने, ‘अधिवेशन आह्वान भएको खण्डमा बैठक कहाँ गर्ने भन्ने हो। दुई विकल्प छन्। एउटा निर्माणाधीन संसद् भवन समयमै निर्माण सम्पन्न गर्ने हो। सिंहदरबारस्थित विभिन्न संसदीय समितिको हलहरू हेर्दा कृषि समितिको हल यसअघि पनि राष्ट्रिय सभा नै सञ्चालन भएको हल हो। त्यो नै उपयुक्त हुन्छ की भनेर छलफलमा आएको हो।’

गत भदौ २३ र २४ गतेको जेनजी पुस्ताको आन्दोलनका क्रममा नयाँ बानेश्वरस्थित संसद भवन आगजनी र तोडफोडबाट खण्डहर भएको छ। सरकारले संसद् अधिवेशन आह्वान गरिसकेको खण्डमा बैठक कहाँबाट सञ्चालन गर्ने भन्नेमा संसद् सचिवालय स्थानको खोजि गरिरहेको छ।

जेनजी युवाहरुले आन्दोलनका क्रममा संसद् भवनसहित, सिंहदरबार, सर्वोच्च अदालत, राजनीतिक दलका कार्यालय, प्रहरी कार्यालयहरुमा आगजनी, तोडफोड गरेका थिए।
 
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad