समाज


ट्राफिक सचेतना कक्षा पुनःसञ्चालन

ट्राफिक सचेतना कक्षा पुनःसञ्चालन

फाइल फोटो


नेपालखबर
कात्तिक ९, २०८२ आइतबार १७:५२, काठमाडौँ

गत भदौ २३ र २४ गतेको ‘जेनजी’ युवाको प्रदर्शनका क्रममा ट्राफिक कार्यालयको भवनमा आगजनी हुँदा बन्द भएको ट्राफिक सचेतना कक्षा पुनःसञ्चालन हुने भएको छ।

यही कात्तिक ११ गतेदेखि पुनःट्राफिक सचेतना कक्षा सञ्चालन गर्नेगरी सम्पूर्ण तयारी पूरा भएको काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी उपरीक्षक नरेशराज सुवेदीले जानकारी दिए।

उनले भने, ‘जेनजी प्रदर्शनमा हाम्रो ट्राफिक सचेतना कक्षा, भवन, उपकरणलगायत सामग्री जलेर नष्ट भएका थिए। अहिले भवनसहित आवश्यक उपकरणहरू तयार गरेका छौँ। अब पुनःट्राफिक सचेतना कक्षा सुरु गर्दैछौँ।’

काठमाडौँ उपत्यकामा मादक पदार्थ सेवन (मापसे) गरी सवारी चलाउने, तीव्र गतिमा सवारी गुडाउने, रातो बत्ती तथा सडक लेन उल्लङ्घन गरी कारबाहीमा परेका चालकहरूलाई लक्षित गरी ट्राफिक प्रहरीले भौतिक रूपमा उपस्थित गराई उक्त सचेतना कक्षा सञ्चालन गर्दै आएको थियो। सार्वजनिक बिदाका दिनबाहेक अन्य दिनमा उक्त कक्षा सञ्चालन गरिने प्रवक्ता सुवेदीले बताए। रासस

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad