राजनीति


झन्डै २ घण्टादेखि प्रधानमन्त्री, मन्त्री र दलका नेताबीचको छलफल जारी

झन्डै २ घण्टादेखि प्रधानमन्त्री, मन्त्री र दलका नेताबीचको छलफल जारी

नेपालखबर
कात्तिक ४, २०८२ मंगलबार १८:१८, काठमाडौँ

प्रधानमन्त्री सुशीला कार्कीले आसन्न निर्वाचनको विषयमा दलका नेताहरूसँग छलफल गरिरहेकी छन्। बालुवाटारस्थित प्रधानमन्त्री निवासको सगरमाथा कक्षमा अपराह्न साढे ४ बजेदेखि छलफल जारी छ।  

छलफलमा नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र, राप्रपा, रास्वपा, जसपालगायत दलका प्रतिनिधिसहभागी छन्।  

छलफलमा कांग्रेसबाट महामन्त्री गगन थापा र प्रवक्ता डा. प्रकाशशरण महत सहभागी छन्। एमालेबाट महासचिव शंकर पोखरेल र उपमहासचिव प्रदीप ज्ञवाली, माओवादी केन्द्रबाट पम्फा भुसाल र वर्षमान पुन सहभागी छन् भने रास्वपाबाट स्वर्णिम वाग्ले र सोविता गौतम छन्।  

यस्तै, राप्रपाबाट महामन्त्री राजेन्द्र गुरूङ र प्रवक्ता मोहन श्रेष्ठ जाने भएका छन्। जसपाबाट उपेन्द्र यादव र प्रकाश अधिकारी सहभागी हुँदैछन्। नेकपा एकीकृत समाजवादीबाट राजेन्द्र पाण्डे र प्रकाश ज्वाला सहभागी छन्। त्यस्तै नेताहरू रेशम चौधरी, सर्वेन्द्रनाथ शुक्ला, प्रेम सुवाल र चन्दन सिंह सहभागी छन्। 

त्यस्तै पर्यवेक्षकको रुपमा केदारभक्त माथेमा र विद्याधर मल्लिक पनि सहभागी छन्।  

सरकारले फागुन २१ गतेका लागि प्रतिनिधिसभा निर्वाचन तोकेको छ। प्रधानमन्त्रीले यही निर्वाचन केन्द्रित छलफलका लागि दललाई बोलाएकी हुन्।  

छलफलमा सरकारका तर्फबाट प्रधानमन्त्री कार्कीसँगै अर्थमन्त्री रामेश्वर खनाल, ऊर्जामन्त्री कुलमान घिसिङ, गृहमन्त्री ओमप्रकाश अर्याल, सञ्चारमन्त्री जगदीश खरेल, कृषिमन्त्री मदन परियार र प्रधानमन्त्रीका मुख्य सल्लाहकार अजयभद्र खनाल सहभागी छन्। आजको छलफलको विषयवस्तु सञ्चारमन्त्री खरेलले नै प्रकाश पारेका थिए। त्यसपछि छलफल सुरु भएको थियो। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad