राजनीति


श्रदाञ्जली दिँदै प्रधानमन्त्री कार्कीले भनिन्–विपिन जोशी सबै नेपाली आमाको छोरो हो

श्रदाञ्जली दिँदै प्रधानमन्त्री कार्कीले भनिन्–विपिन जोशी सबै नेपाली आमाको छोरो हो

नेपालखबर
कात्तिक ३, २०८२ सोमबार १७:२०, काठमाडौँ

प्रधानमन्त्री सुशीला कार्कीले इजरायलमा मारिएका विपिन जोशीको पार्थिव शरीरमा श्रद्धाञ्जली व्यक्त गरेकी छन्।

सोमबार दिउँसो त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आयोजित सभामा पुगेर उनले श्रद्धाञ्जली व्यक्त गरिन्। श्रद्धाञ्जली सभालाई सम्बोधन गर्दै प्रधानमन्त्री कार्कीले इजरायल–हमास युद्धका क्रममा नेपाली युवाहरुले भोग्नुपरेको दुःख र संघर्ष अनुभव गर्न नसकिने बताइन्। प्रधानमन्त्री कार्कीले विपिन जोशी सबै नेपाली आमाहरूको छोरो भएको उल्लेख गर्दै उसलाई बिर्सिन नसकिने बताइन्।

उनले भनिन्, ‘नेपाली युवाहरूले त्यहाँ अपरणमा पर्दा र युद्धमा पर्दा कति दुःख र कस्ट भोगे होलान्। त्यो कुरा हामी अनुभव गर्न सक्दैनौं। एउटा नेपाली छोरो हामी सबै आमाहरूको छोरो हो। अब कसैले पनि विपिनलाई बिर्सिन सक्दैन।’

अध्ययनको सिलसिलामा इजरायल पुगेका कञ्चनपुरका विपिन जोशी गत २०२३ अक्टोबर ७ मा हमासले किबुत्ज क्षेत्रमा गरेको आक्रमणको क्रममा बन्धक बनाइएका थिए।

त्यसपछि उनको अवस्था अज्ञात रहेकोमा गत असोज २७ गते इजरायली अधिकारीहरुले उनको मृत्यु पुष्टि गरेका थिए। इजरायल र हमासबीच युद्धबिराम सम्झौतापछि बन्दी साटासाट गर्ने क्रममा हमासले विपिनको भनेर इजरायली सेनालाई शव हस्तान्तरण गरेको थियो।

उनको डीएनए परीक्षणबाट शव विपिनकै भएको पुष्टि भएको थियो भने फरेन्सिक जाँचमा अपहरण भएताका नै मृत्यु भएको पाइएको इजरायलस्थित नेपाली दूतावासका अधिकारीहरुले बताएका छन्। उनको शव आजै कञ्चनपुरस्थित घरमा लैजाने तयारी छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad