नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले हामी नेपालका संयोजक सुदन गुरुङको नागरिकतामाथि शंका गर्दै प्रश्न उठाएका छन्।
पार्टीको केन्द्रीय कमिटी बैठकमा नेताहरूको प्रश्नको जवाफ दिनेक्रममा उनले गुरुङलाई लक्षित गर्दै प्रश्न गरेका हुन्।
ओलीले पूर्वप्रधान्यायाधीश सुशीला कार्की प्रधानमन्त्री बन्नै नमिल्ने तर बनेको भन्दै आपत्ति जनाए।
आफूले केयर केटरको रुपमा सबैसँग छलफल गर्न भने पनि नगरेको भन्दै उनले भने, 'पूर्वप्रधानन्यायाधीश प्रधानमन्त्री बन्न मिल्दैनथ्यो। उहाँले अस्वीकार गर्नुपर्थ्यो। मैले त केयर टेकरको रुपमा सबैसँग छलफल गर्नुस् भनेको थिएँ। मैले छलफल गर्न पाइनँ। म त सैन्य सुरक्षामा थिएँ। सायद उहाँहरुले हामीसँग संवाद नगर्ने भन्नु भएको होला।'
हालै चर्चामा आएको 'टीओबी'को नाम लिँदै उनले आदेश दिएको भन्दै आपत्ति जनाए।
'उहाँका मान्छेहरुले हामीलाई प्रकिन खोज्ने। गृहमन्त्रीले बोलाएर उजुर हाल्न लगाउने। टीओबीहरूले आदेश दिने, मलाई थाहा छैन उसको नागरीकता गोरखाको होकि? मान्छे पनि गोरखाको हो? हामीले २३ गते नै भनेको थियौँ छानबिन गर्न पर्छ भनेर।'
उनले फागुन २१ को चुनाव नहुने र एमाले चुनावमा जानै नहुने पनि बताए। ओलीले आफू जलेको घर हेर्न जान पनि रोकिएको भन्दै आपत्ति जनाए।
'पासपोर्ट रोक्ने?, म मेरो जलेको घर हेर्न जान नपाउने? हाम्रो सम्पत्ति जलेको खरानीमाथि प्रधानमन्त्री हुने?,' उनले भने, 'अनी यो संसद् पुनस्थापना गर्नुपर्छ।'
Shares

प्रतिक्रिया