प्रधानमन्त्री केपी शर्मा ओली र प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच बालुवाटारमा छलफल सुरु भएको छ।
प्रधानमन्त्री ओलीले बोलाएपछि सभापति देउवा बालुवाटार पुगेको देउवाका सहयोगी भानु देउवाले बताए।
‘प्रधानमन्त्रीज्युले बोलाएपछि सभापति देउवा छलफलका लागि बालुवाटार आउनुभएको हो’, बालुवाटारमै रहेका सहयोगी भानु देउवाले नेपालखबरसँग भने, ‘दिउँसो ३ बजेदेखि छलफल भइरहेको छ।’ उनले छलफलको विषय भने आफूलाई जानकारी नभएको बताए।
सरकारले ल्याएका राजनीतिक दल र संवैधानिक परिषदसँग सम्बन्धित दुई अध्यादेश फिर्ता गर्ने निर्णय गरेको केही बेरमै सभापति देउवालाई बालुवाटार बोलाएर छलफल थालेका हुन्।
3
Shares

प्रतिक्रिया